२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा ११ लाख बढीको अवैध सामान बरामद

आइतवार , चैत्र ११, २०८०

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, ११ चैत ।
    सशस्त्र प्रहरीले रुपन्देहीमा ११ लाख मूल्य बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरको कमाण्डमा खटिएको गाडी मोबाईल टोलीले आइतबार उक्त सामान बरामद गरेको हो ।

    विशेष सूचनाको आधारमा रुपन्देहीको विभिन्न ईलाकाबाट भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै आएको अवस्थामा अन्दाजी मूल्य रु. ११ लाख ३४ हजार ३ सय २५ बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको सामानमा चिनी, किराना सामानहरु, लत्ताकपडा र सामान ढुवानीमा प्रयोग भएका तीनवटा मोटरसाईकल रहेका छन् ।

    WhatsApp Image 2024-03-24 at 7.30.14 PM.jpeg

    बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको एसपी आनन्द थापा मगरले जानकारी दिए ।