images

शनिवार, बैशाख १५ गते २०८१

देउराली उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा न्यौपाने

देउराली उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा न्यौपाने

images
images
images
बिहिवार, चैत्र १५ २०८०
बिहिवार, चैत्र १५ २०८०
  • देउराली उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा न्यौपाने

    बुटवल, १५ चैत ।
    देउराली उपभोक्ता सहकारी संस्था बुटवलको अधिवेशनले पुनः ज्ञानप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बिहीबार बुटवलमा भएको अधिवेशनबाट उपाध्यक्षमा सालिकराम श्रेष्ठ, सचिवमा पिम्ताबर अर्याल, कोषाध्यक्षमा मोहन प्रसाद बस्याल र सह–सचिवमा ज्ञानप्रसाद न्यौपाने (ख) निर्वाचित भएका छन् ।

    images

    निर्वाचन समिति संयोजक गोपाल प्रधानका अनुसार कार्यसमिति सदस्यमा यम कुमार बुढा खनाल, चिरञ्जीवी भुसाल, यमलाल बेल्लासे, हुमनाथ पोखरेल, राधा आचार्य भुसाल निर्वाचित भएका छन् ।

    त्यस्तै लेखा समितिको संयोजकमा थानेश्वर अर्याल, सदस्यमा शंकर पाण्डे र लक्ष्मी पाण्डे रहेका छन् । खुद्रा किराना व्यवसायी संघ संरक्षण रहेको यो सहकारी लुम्बिनी प्रदेशमा व्यवसायिक रूपमा काम गर्न मिल्ने गरी दर्ता भएको छ । संस्थाको पुँजी १ करोड भन्दा धेरै रहेको छ । अधिकांश खुद्रा किराना व्यवसायी शेयर सदस्य रहेका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij