images

शनिवार, बैशाख १५ गते २०८१

गगन थापासँग व्यवसायीको गुनासो : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा पीडामा छौं

गगन थापासँग व्यवसायीको गुनासो : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा पीडामा छौं

images
images
images
शुक्रवार, चैत्र १६ २०८०
शुक्रवार, चैत्र १६ २०८०
  • गगन थापासँग व्यवसायीको गुनासो : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा पीडामा छौं

    भैरहवा, १६ चैत ।
    उद्योगी–व्यवसायीले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्ण रुपमा सञ्चालन नहुँदा आफूहरु अत्यन्तै पीडामा गुज्रिरहेको गुनासो गरेका छन् । उनीहरुले विमानस्थल सञ्चालनका लागि संसद्मा आवाज उठाउन र सम्बन्धित निकायमा पहल गरिदिन नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापासँग आग्रह गरेका छन् ।

    images

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले बिहीबार भैरहवामा गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीले यस्तो गुनासो तथा आग्रह गरेका हुन् ।

    कार्यक्रममा संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन नहुँदा उद्योगी-व्यवसायी अत्यन्तै पीडामा गुज्रिरहेका छौं । अबको संसद बैठकमा यो विषय उठाउन र सम्बन्धित निकायमा पहल गरिदिनहुन आग्रह गर्दछौं ।’

    उनले उद्योग–व्यवसाय कहालीलाग्दो अवस्थामा पुगेको गुनासो गरे । अध्यक्ष श्रेष्ठले नदीजन्य पदार्थको निकासी बन्द रहेकोले त्यसलाई खोल्नुपर्ने माग गरे । विशेष आर्थिक क्षेत्र (सेज) मा विभिन्न समस्या रहेकोले ती समस्या समाधान हुनुपर्ने उनको भनाइ थियो । ट्रंकलाईन र डेडिकेटेड लाईनको नाममा नेपाल विद्युत प्राधिकरणले उद्योगीलाई अत्यन्तै पीडा दिएको उनले बताए । उद्योगी–व्यवसायीलाई चित्त बुझाउने बजेट आउने गरी पहल गर्न उनले महामन्त्री थापासँग आग्रह गरे ।

    त्यस्तै संघका कार्यसमिति सदस्य अर्जुन कार्कीले विदेशिने नेपाली युवाको संख्या दिनप्रतिदिन बढ्दै गएको र युवाहरुलाई स्वदेशमै रोक्ने योजना के छन् भन्दै प्रश्न गरे ।

    उद्योगी बसन्त रोका क्षेत्रीले नेपालको विभिन्न नीतिले उद्योगी मारमा परेकाले नीतिमा सुधार गर्न आवश्यक रहेको बताए ।

    उद्योगी चन्द्रमान श्रेष्ठले राज्यले बनाउने नियम कानून राज्यका निकायले पालना गर्नुपर्ने भन्दै २२ वटा उद्योगले ट्रकलाईन र डेडिकेटेड लाईनका लागि निवेदन नदिए पनि उद्योगी–व्यवसायीलाई पीडा दिइएको बताए ।

    व्यवसायी सन्तोष कुमार वर्माले धेरै भन्दा धेरै पर्यटक नेपाल ल्याउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

    प्याब्सनका केन्द्रीय उपाध्यक्ष राज्यको गलत नीतिका कारण विद्यार्थीहरु विदेश गइरहेको बताए । उनले विश्वविद्यालयमा सुधारको आवश्यकता रहेको बताए । 

    व्यवसायी गोपाल भण्डारीले कोभिडपछि बैंक तथा वित्तीय संस्थाका कारण उद्योगी-व्यवसायी धरासायी भएको बताए ।

    व्यवसायी रवि कुमार रौनियारले करदातालाई विभिन्न बहानामा आतंकित बनाइएको बताए ।

    उपप्राध्यापक डा. रमा पौडेलले गरीबी घटाउन कृषि र कृषिसँग सम्बन्धित उद्योगको महत्वपूर्ण भूमिका रहेको बताइन् ।

    लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ताले पर्यटकलाई सीमा क्षेत्रमै हैरानी गरे पर्यटनको विकास कसरी हुन्छ भन्दै प्रश्न गरे ।

    उद्योग ब्रिजेश अग्रवालले २५ प्रतिशत दाल उद्योग बन्द भइसकेको र धेरै बन्द हुने अवस्थामा पुगेकाले कच्चा पदार्थ आयात गर्दा ५ प्रतिशत मात्र भन्सार लिनुपर्ने बताए ।

    व्यवसायी संजय गुप्ताले जनताको लागि सरकारले काम गर्नुपर्ने बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि चलाउनुपर्ने र यो आफूहरुको प्रमुख माग रहेको बताए । उद्योगी विकास गोयनका देशमा तथ्यांक संकलन गर्दा नै त्रुटी भएको बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले मुलुकको आर्थिक समस्या किन समाधान हुन नसकेको भन्दै प्रश्न गरे ।

    संघका केन्द्रीय सदस्य भीष्म न्यौपानेले नेपाललाई शिक्षा र स्वास्थ्यको हब बनाउन सकिने बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले नेपाली कांग्रेससँग निजी क्षेत्रले धेरै आशा गरेको बताए ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हसंराज पाण्डेयले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नु प्रमुख समस्या भएको बताए । उनले आर्कषणका प्याकेज दिए पनि एअरलायन्सहरु नआएकाले अब अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई भैरहवामै डेरा नभइ घर बनाइदिनुपर्ने बताए । उनले विमानस्थललाई लक्षित गर्दे निजी क्षेत्रले अरबौं लगानी गरेको बताए ।

    विमानस्थलको सदुपयोग नभए सबैले घाटा व्यहोर्नुपर्छ : थापा

    कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले अरबौं लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैको साझा विषय भएको बताए । उनले यो पूर्वाधारको सदुपयोग गर्न नसके हामी सबैले घाटा व्यहोर्नुपर्ने बताए । उनले भने, ‘पूर्वाधार प्रयोग गरिएन वा प्रयोग गर्न जानिएन भने नयाँ पूर्वाधार बनाउन आँट आउँदैन ।’

    उनले आफूले यसबारे थप अध्ययन गर्ने र संसदीय समितिका सदस्यहरुसँग कुराकानी गर्ने बताए । उनले भने, ‘विमानस्थल चल्नुपर्छ भनेर मात्र अर्थ हुँदैन ।’

    पूर्वमन्त्री थापाले माग संकुचित हुँदा बजारमा पैसा नगएकाले अर्थतन्त्र संकटमा परेको बताए । राजनीतिक स्वतन्त्रतासँगै आर्थिक स्वतन्त्रता आवश्यक रहेको उनको भनाइ थियो । उनले विमानस्थलबारे भैरहवाको छलफललाई अब काठमाडौंमा लैजानुपर्ने बताए । 

    क्यालेण्डर विमोचन

    कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले प्रकाशन गरेको नयाँ वर्ष २०८१ को क्यालेण्डर विमोचन गरिएको थियो । सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले क्यालेण्डरको विमोचन गर्नुभएको संघका कार्यसमिति सदस्य प्रमोद रिजालले बताए ।

    IMG_2400.JPG

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij