images

बिहिवार, बैशाख २० गते २०८१

निर्माण क्षेत्र चलायमान हुन नसक्दा मुलुकमा आर्थिक संकट : अध्यक्ष भुसाल

निर्माण क्षेत्र चलायमान हुन नसक्दा मुलुकमा आर्थिक संकट : अध्यक्ष भुसाल

images
images
images
शनिवार, चैत्र १७ २०८०
शनिवार, चैत्र १७ २०८०
  • निर्माण क्षेत्र चलायमान हुन नसक्दा मुलुकमा आर्थिक संकट : अध्यक्ष भुसाल

    रुपन्देही, १७ चैत ।
    नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा सुरु भएको छ । हेटौंडामा शनिबारदेखि सुरु भएको महासंघको २५ औं वार्षिक साधारणसभा आइतबार (भोलि) सम्म चल्नेछ ।

    images
    images
    images

    उक्त साधारण सभामा बोल्दै लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मञ्जु भुसालले सबै निर्माण व्यवसायीको हितका निम्ति आफू निरन्तर सहयोग र सहकार्य गर्न तयार भएको बताइन् । अध्यक्ष भुसालले विशेष गरी रुपन्देहीकै विषयमा केन्द्रित भएर मन्तव्य राख्दै भनिन्, ‘ठुलाठुला राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र परेको अवस्था छ त्यस्को तथ्यांक उतार्न जरुरी छ ।’

    उनले कोही पनि निर्माण व्यवसायीहरुले भुक्तानी नपाएका कारण काम अलपत्र नपार्न आग्रह गर्दै साना वा ठुला सबै व्यवसायीहरुको पक्षमा समान ढंगले सहजीकरणका निम्ति तयार रहेको बताइन् । उनले भनिन्, ‘बजेटको व्यवस्था नगरी हचुवाको भरमा आयोजना सञ्चालन गर्दा हामीलाई काम गर्न गाह्रो भएको हो । निर्माण क्षेत्र चलायमान नहुँदा मुलुकमा आर्थिक समस्या देखिएको छ,’स्रोत सुनिश्चित नभएको आयोजनाले मार पारेको छ । यहाँ निर्माण व्यवसायीलाई मात्रै एकपक्षीय आरोप लगाउने काम भएको छ । भुक्तानीको विषयमा सरकार चुकेको छ ।’ तर, यस विषयमा सरकारले पनि गम्भिर ध्यानदिनुपर्ने उनले बताइन् ।

    वार्षिक साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका थिए । साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एशोसियट सदस्य तथा केन्द्रीय समिति, सल्लाहकार तथा प्रतिनिधि र पर्यवेक्षक गरी १ हजार ८ सय जना सहभागी छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij