images

मंगलवार, बैशाख १८ गते २०८१

पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढ्यो

पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढ्यो

images
images
images
आइतवार, चैत्र १८ २०८०
आइतवार, चैत्र १८ २०८०
  • पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढ्यो

    काठमाडौं, १८ चैत । 
    पेट्रोलको मूल्य बढेको छ । सोमबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको हो ।

    images

    भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो। जसअन्तर्गत पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १७२.५०, दोस्रो वर्ग १७४ र तेस्रो वर्गमा १७५ रुपैयाँ पुगेको छ ।

    निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

    पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। त्यस्तै दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्र पर्छन्। तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। 

    निगमले डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको भने मूल्य यथावत राखेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij