images

शुक्रवार, बैशाख २१ गते २०८१

बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही अगाडि धर्ना

बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही अगाडि धर्ना

images
images
images
सोमवार, चैत्र १९ २०८०
सोमवार, चैत्र १९ २०८०
  • बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही अगाडि धर्ना

    भैरहवा, १९ चैत ।
    बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको भन्दै बैंक तथा वित्तीय संस्था पीडित समन्वय समिति, रुपन्देही विरोधमा उत्रिएको छ । 

    images
    images
    images

    पीडितको समस्या समाधानका लागि विभिन्न निकायमा आग्रह गरे पनि मागको सुनुवाइ नभएपछि सोमबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गेट अगाडि धर्नामा बसेको समितिका अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बताए । उनले जनताको घाँटी निमोठ्न र घरबारबिहीन बनाउन नपाइने भन्दै जनताको तागतलाई कसैले रोक्न नसक्ने बताए ।

    उनले भने, ‘बैंकले २० करोडको सम्पत्ति १० करोड मूल्यांकन गरेर धितो लिलामी गरेका छन् । बैंक, सहकारी, लघुवित्त तथा मिटरब्याजीबाट जनता पीडित छन् ।’ पटकपटक ज्ञापनपत्र बुझायौं । हाम्रा मागको सुनुवाइ नभएको र महत्व नदिइएकोले शान्तिपूर्ण धर्ना गरेका छौं । यो कार्यक्रमपश्चात अब एकहप्ता पर्खन्छौं । कुनै नतिजा नआए कडा संघर्षमा जान बाध्य हुनेछौं । ’ ऋण र ब्याज असुलीका नाममा बैंक तथा वित्तीय संस्थाले टर्चर गरेको उनको भनाइ थियो ।

    त्यस्तै सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बैंकले ब्याजको स्याज पनि असुली गरेको बताए । उनले अहिले सबैभन्दा ठूलो मिटरब्याजी बैंक नै भएको आरोप लगाए ।

    सञ्जालका महासचिव संजय बजिमयले चाहिने भन्दा बढी बैंक भएकाले पनि समस्या उत्पन्न भएको बताए । उनले अहिलेको अवस्थामा परिवर्तन नआए २०८१ मा नाकाबन्दी समेत हुन सक्ने चेतावनी दिए ।

    वैदिक सनातन धर्म सेवा समिति सिद्धार्थनगरकी निवर्तमान अध्यक्ष विनिता श्रेष्ठले बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनलाई निष्कर्षमा पुर्याउने गरी अघि बढ्नुपर्ने धारणा राखिन ।

    त्यस्तै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीका जिल्ला सेक्रेटरी विरेन्द्र सी ले बैंकहरु सबैभन्दा ठूलो मिटरब्याजी भएको आरोप लगाए । उनले आफूहरु बैंक तथा वित्तीय संस्था पीडितको पक्षमा भएको बताए । ऋणीले ऋण तिर्नुपर्ने भए पनि अहिलेको अवस्था जटिल भएकाले बैंकले समस्या बुझ्नुपर्ने उनको भनाइ थियो । ८ प्रतिशत ब्याज लिने भनेर ऋण दिने बैंकले केही महिनापछि बढाएर १६ प्रतिशत पुर्याउँदा नागरिक मारमा परेको उनले बताए ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ की वडा सदस्य निलु श्रीसले नागरिकलाई समस्या पर्दा पनि आफ्नै देशका नागरिकको समस्या बैंकले बुझ्न नसकेको बताइन् । उनले भनिन्, ‘नागरिकले ऋण तिर्दैनौ त भनेका छैनन् । तर, अहिलेको अवस्थामा तिर्न समस्या छ । यो कुरा बैंकले बुझ्नुपर्छ । बैंकले नबुझे कसले बुझ्ने ?’

    bank pidit.jpg

    बैंक तथा वित्तीय संस्था पीडित समन्वय समिति, रुपन्देहीका सचिव विशाल पौडेल, सिद्धार्थनगर नगरपालिका–५ की वडा सदस्य सरस्वती श्रेष्ठलगायतले बोल्दै बैंकले ज्यादती र अत्याचार गरेको आरोप लगाए ।

    bank pidit3.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij