images

शुक्रवार, बैशाख २१ गते २०८१

लुम्बिनीका होटल व्यवसायीको आन्दोलन स्थगित

लुम्बिनीका होटल व्यवसायीको आन्दोलन स्थगित

images
images
images
सोमवार, चैत्र १९ २०८०
सोमवार, चैत्र १९ २०८०
  • लुम्बिनीका होटल व्यवसायीको आन्दोलन स्थगित

    भैरहवा, १९ चैत ।
    बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका होटल व्यवसायीहरुले केही दिन अगाडिदेखि थालेको आन्दोलन स्थगित भएको छ । लुम्बिनी विकास कोषभित्र बनाइएको बिहार तथा गुम्बामा सञ्चालित होटल व्यवसाय बन्द गर्नुपर्ने मागसहित व्यवसायीहरुले आन्दोलन थालेका थिए । 

    images
    images
    images

    बिहार तथा गुम्बाहरूले होटल सञ्चालन गर्दा आफूहरुको व्यवसाय धरासायी आन्दोलन गर्दै आएका व्यवसायीहरुको मागलाई ध्यान दिँदै लुम्बिनी विकास कोषले बिहार र गुम्बाहरूको अध्ययन गर्न ७ सदस्यीय समिति गठन गरेपछि व्यवसायीहरूले आन्दोलनको कार्यक्रम स्थगित गरेका हुन् ।

    उक्त समितिले १५ दिनभित्र कोषलाई प्रतिवेदन बुझाउने छ । विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) का अनुसार समितिमा लुम्बिनी विकास कोषका २ जना पदाधिकारी, लुम्बिनी होटल संघका २ जना, जिल्ला प्रशासन कार्यालय रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका र ईलाका प्रहरी कार्यालय लुम्बिनीका १/१ जना प्रतिनिधि रहेका छन् ।

    लुम्बिनी होटल संघ, नेपालको अगुवाइमा व्यवसायीले लुम्बिनीभित्रका बिहार र गुम्बामा व्यवसायिक होटल जसरी चलाइएको भन्दै त्यसलाई रोक्न माग राख्दै ‘गरी खान देउ’ भन्ने नाराका साथ चैत १५ बिहीबारदेखि धर्नासहितको आन्दोलन सुरू गरेका थिए ।  

    व्यवसायीले धर्ना सुरु गरेपछि विकास कोषले समिति गठन गरेको हो । समिति गठन गर्न कोष तयार भएपछि आन्दोलन स्थगित भएको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बताए । 

    लुम्बिनी होटल संघका अनुसार लुम्बिनीको पर्यटन व्यवसायमा निजी क्षेत्रको १५ अर्ब रुपैयाँ लगानी भएको छ । होटल व्यवसायमा मात्र ७ अर्ब बढी लगानी भएको  छ। यहाँ रहेका गुम्बा सञ्चालकले विनियमावली र कोषसँगको सम्झौतालाई बेवास्ता गर्दै तारे होटलकै शैलीमा सुविधा दिँदै आएको व्यवसायीको आरोप छ ।

    लुम्बिनी विकास बिनियमावली २०५८ अनुरुप, एउटा मोनाष्ट्रीमा ५ जनासम्म भिक्षु र ५ जनासम्म उनीहरूका लागि सहयोगी बस्ने क्षमताको मात्र निर्माण संरचना बनाउन पाइने नियम छ । कुन विदेशी कति दिनसम्म बस्ने भन्नेबारेमा सम्बन्धित बिहारले कोषलाई जानकारी गराउनुपर्ने कानूनी व्यवस्था छ । तर, लुम्बिनीमा ३ सय जनासम्म अट्ने क्षमताका गेष्ट हाउसको संरचना तयार भइ सञ्चालन भएको व्यवसायी बताउँछन् ।

    434465809_1041758250782361_9165377698467885748_n.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij