२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको अडान यथावत

मंगलवार , चैत्र २०, २०८०

  • 628
    Shares
  • 628
    Shares
  • काठमाडौं, २० चैत । नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने अडान यथावत राखेको छ ।

    प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु हुनेबितिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाउदै संसदीय समिति गठन गर्नुपर्ने माग राखेका हुन् । बैठकमा कांग्रेस सांसद रामकृष्ण यादवले गृहमन्त्रीका बिषयमा निष्पक्ष छानविन गर्न संसदीय छानविन समिति गठनको बिकल्प नभएको बताए ।

    उनले सहकारी प्रकरणमा निष्पक्ष छानविनका लागि सहयोग गर्न गृहमन्त्रीलाइ सुझाव पनि दिए । त्यस्तै सांसद यादवले यसअघि सहकारी प्रकरणमा सरकारकाले छानविन गर्ने तयारी गरेपनि रवि लामिछाने गृहमन्त्री बनेपछि छानविन प्रक्रिया नै रोकिएको आरोप लगाए ।

    उनले सरकारका कारण सरकारबाटै अनुसन्धान प्रभावित भएको त्यसले विश्वासको संकट उत्पन्न भएकाले कांग्रेसले निरन्तर संसदीय छानविन समितिको माग उठाइरहने स्पष्ट पारे ।