२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

सदनमा उठेका बिषयहरुको जवाफ सदनमै उभिएर  दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने

मंगलवार , चैत्र २०, २०८०

काठमाडौं, २० चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा उठेका बिषयहरुको जवाफ सदनमै उभिएर  दिन पाउनुपर्ने बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले सहकारी लगाएतका बिषयमा सदनमा उठेका प्रश्नको जवाफ सदनमा दिने अवसर पाउनुपर्ने बताएका हुन् । लोकतन्त्रमा प्रतिपक्षीले आफुलाई लागेका कुराहरु सदनमा उठाउन पाउनुपर्ने बिषयलाई आफुले सम्मान गर्ने भन्दै उनले आफुले पनि सदनमा नै त्यसको जवाफ दिने अवसर पाउनुपर्ने बताए । लामिछानले गृह मन्त्रालयको काम कारवाही, बिपत व्यवस्थापनको तयारी, भूकम्पपिडितको पुर्नवास लगाएतका बिषयमा समेत आफुले जवाफ दिन चाहिरहेको जिकिर गरे । उनले जाहेरी दिदैमा सदनमा सवै बिषयमा छानविन गर्न संसदीय समितिको आवश्यक नरहेको धारणा राखे ।

रास्वपा सभापति समेत रहनुभएका लामिछानेले पार्टीका अन्य नेताहरुको पनि सहकारी प्रकरणमा नाम जोडिएको बिषयमा प्रचारबाजी मात्रै भएको तर्क गरे । कसैमाथि प्रश्न उठ्दैमा आतिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।