images

शुक्रवार, बैशाख २१ गते २०८१

आन्तरिक पर्यटन प्रबर्द्धन गर्न सिद्धार्थ उद्योग वाणिज्य संघको टोली पूर्वी नेपालतर्फ

आन्तरिक पर्यटन प्रबर्द्धन गर्न सिद्धार्थ उद्योग वाणिज्य संघको टोली पूर्वी नेपालतर्फ

images
images
images
बुधवार, चैत्र २१ २०८०
बुधवार, चैत्र २१ २०८०
  • आन्तरिक पर्यटन प्रबर्द्धन गर्न सिद्धार्थ उद्योग वाणिज्य संघको टोली पूर्वी नेपालतर्फ

    भैरहवा, २१ चैत ।
    बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देहीका पर्यटकीय स्थलहरुको प्रचारप्रसार, प्रवर्द्धन र विभिन्न उद्योग वाणिज्य संघहरुको अवलोकन तथा अनुभव साटासाट गर्ने उद्देश्यले सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको टोली पूर्वी नेपालको भ्रमणमा लागेको छ ।

    images
    images
    images

    बुधबार संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वमा २७ सदस्यीय टोली पूर्वी नेपालको भ्रमणमा निस्किएको हो । ‘हाम्रो मुख्य उद्देश्य भनेको आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने हो । साथै पूर्वी नेपालका हाम्रा सहकर्मी उद्योग वाणिज्य संघको अवलोकन गरी अनुभव साटासाट गर्ने हो, ’संघका अध्यक्ष श्रेष्ठले भने । उनले सहकर्मी संघहरुसँग छलफल गर्ने, व्यवसायिक अनुभवहरु एक–अर्कालाई सुनाउने, राम्रा र सकारात्मक कुराहरुलाई आगामी दिनमा प्रयोगमा ल्याउन पहल गर्ने जनाए । यस्तै पूर्वी नेपालका उद्योगी–व्यवसायीलाई भैरहवा र यस आसपासमा लगानी गर्न समेत आह्वान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले पहिला मुलुककै पर्यटकीय स्थललाई संघले अध्ययन तथा अवलोकन भ्रमणमा प्राथमिकता दिँदै आएको जनाए । उनका अनुसार पूर्वी नेपाल भ्रमणका क्रममा सहकर्मी उद्योग वाणिज्य संघहरुमा आबद्ध पदाधिकारी, सदस्य तथा साधरण सदस्यहरुलाई भैरहवा, लुम्बिनीसहित रुपन्देहीका पर्यटकीय गन्तव्यमा भ्रमण गर्न अनुरोध गरिने छ । 

    ‘हामीले अवलोकन गर्ने संघहरुसँगै ती संघहरुमार्फत सम्बन्धित जिल्लाबासीलाई पनि लुम्बिनी भ्रमणका लागि अनुरोध गर्ने छौं’, आचार्यले भने, ‘संघको पूर्वी नेपाल यात्राले रुपन्देहीमा अधिक रुपमा आन्तरिक पर्यटक भित्र्याउन मद्दत पुग्ने विश्वास छ । संघले पूर्वी नेपाल भ्रमणका क्रममा ती क्षेत्रका आधा दर्जन उद्योग वाणिज्य संघहरुसँग छलफल गर्ने छ भने लुम्बिनी भ्रमणका लागि अनुरोध गर्ने छ । ’ यसक्रममा कयौं पर्यटकीय स्थलको समेत अवलोकन गरिने आचार्यले जानकारी दिए ।

    संघका महासचिव कृष्ण प्रसाद घिमिरेका अनुसार चितवन उद्योग वाणिज्य संघ, रत्ननगर उद्योग वाणिज्य संघ, मकवानपुर उद्योग वाणिज्य संघ, वीरगंज उद्योग वाणिज्य संघ, जनकपुर उद्योग वाणिज्य संघ, मोरङ उद्योग संघ, धरान उद्योग वाणिज्य संघ र धनकुटा उद्योग वाणिज्य संघको अवलोकन गरी व्यवसायिक अनुभव आदानप्रदान गरिनेछ । ‘यसक्रममा विभित्र जिल्लामा पर्ने गन्तव्यहरुको भ्रमण गरी आन्तरिक पर्यटन प्रबर्द्धन गरिनेछ’, महासचिव घिमिरेले भने ।

    संघको टोलीले भैरहवा, लुम्बिनी, बुटवल फुलबारी, लुम्बिनी केबलकार, बाउन्नकोटी, मत्स्य हब छपिया, शंकरनगर वनवाटिका, गैडहवा ताल, शिव मन्दिर, अष्ट्रिच फार्म लगायतका गन्तव्यमा भ्रमण गर्न आग्रह गर्नेछ । आन्तरिक पर्यटन प्रबर्द्धन तथा अध्ययन अवलोकन भ्रमणमा संघका पूर्वअध्यक्ष कूल प्रसाद न्यौपाने, निवर्तमान अध्यक्ष भीष्म प्रसाद न्यौपाने, संघका पदाधिकारी तथा सदस्यहरु लगायत सहभागी छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij