images

शुक्रवार, बैशाख २१ गते २०८१

सहकारी दिवसको अवसरमा नेफ्स्कुनको उपलब्धी सार्वजनीकरण एवं अन्तरक्रिया

सहकारी दिवसको अवसरमा नेफ्स्कुनको उपलब्धी सार्वजनीकरण एवं अन्तरक्रिया

images
images
images
बिहिवार, चैत्र २२ २०८०
बिहिवार, चैत्र २२ २०८०
  • सहकारी दिवसको अवसरमा नेफ्स्कुनको उपलब्धी सार्वजनीकरण एवं अन्तरक्रिया

    भैरहवा, २२ चैत ।
    ६७ औं राष्ट्रिय सहकारी दिवस–२०८० को अवसरमा नेफ्स्कून उपलब्धी सार्वजनीकरण एवं समसामयिक विषयमा अन्तक्रिया कार्यक्रम रुपन्देही सदस्य सेवा कार्यालय बुटवलमा सम्पन्न भएको छ ।

    images
    images
    images

    रुपन्देही बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष बसन्त प्रसाद ढकालको स्वागत मन्तव्य, नेफ्स्कून सञ्चालक सदस्य एव् रुपन्देही सदस्य सेवा कार्यालय बुटवलको सदस्य सेवा व्यवस्थापन उपसमिति संयोजक ज्ञानु पौड्यालको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघका लेखा समिति संयोजक तथा जिल्ला सहकारी संघका अध्यक्ष भिम प्रसाद तुलाचनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य एवं जिल्ला सहकारी संघका उपाध्यक्ष टिका न्यौपाने, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद नेपाल, प्रदेश सहकारी संघका सञ्चालक प्रकाश भट्टराई लगायतले भनाइ राखेका थिए ।

    कार्यक्रममा प्रदेश सहकारी संघका सञ्चालक प्रकाश भट्टराईले नेफ्स्कूनले गर्ने कार्य र सरकारसँग पहल गरी अझ प्रभावकारी बनाउँदै जानुपर्ने बताए । उनले त्यस्तो कार्यका लागि सबै संघ र प्रारम्भिक संस्थाहरुले सहयोग गर्नुपर्ने बताए ।

    लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद नेपालले १ सय दिनको उपलब्धी माथि थप गर्नुपर्ने विषयहरुमा सहकारीको समस्या, केही सञ्चालक तथा व्यवस्थापनको खराब नियतका कारण समस्यामा उन्मुख सहकारीको पहिचान गर्ने, आयकर सम्बन्धि व्यवस्थालाई कम गर्न सरकारलाई पहल गर्ने ऐनमा निर्दिष्ट भएका कुरालाई लागू गर्न पहल गर्ने साथै उद्देश्यअनुरुप सहकारीले कारोबार गर्नुपर्ने विषयलाई उठान गर्न अति जरुरी रहेको बताए । 

    कार्यक्रमका प्रमुख अतिथि तुलाचनले सहकारीहरु एक्लै पूर्ण नहुने भएको सबै संस्थाहरुको साझा प्रयत्नबाट प्रधावकारी रुपमा संघ सञ्चालन गर्नुपर्ने बताए । उनले भने, ‘हामी सबैको अथक प्रयास र प्रयत्नबाट सहकारी ऐन २०७४ नियमावली २०७५ प्राप्त गर्न सफल भएता पनि सरकारी तवरबाट ऐनमा रहेका धेरै प्रावधानहरुलाई कार्यान्वयन गर्न नसक्दा पछिल्लो समयमा देखिएका सहकारी सम्बन्धी समस्या सिर्जित भएका छन् । ’
    यसतर्फ सरकार गम्भीर हुन जरुरी रहेको र आफ्नो तर्फबाट गर्नुपर्ने हरेक कुराहरुमा अग्रसर भइ अगाडी बढ्नुपर्ने उनले बताए । 

    b33ba237-20ae-4164-9820-d3b1407ad0fa.jpeg

    त्यस्तै सदस्यहरुको जिज्ञासाप्रति नेफ्स्कून सञ्चालक तथा कार्यक्रमका अध्यक्ष ज्ञानु पौड्यालले प्रष्ट पारेका थिइन् । प्राप्त सुझावहरुलाई संघले ग्रहण गरी सामाधानतर्फ संघ अग्रसर रहने र सो कार्यक्रममार्फत आगामी दिनहरुमा सबैको साथ र सहयोगको अपेक्षा गरेको पौड्यालले बताइन् ।

    IMG_3144.JPG

    उक्त कार्यक्रमको सञ्चालन रुपन्देही सदस्य सेवा कार्यालयको वरिष्ठ सहायक कल्पना भण्डारीले गरेकी थिइन् भने कार्यक्रमको व्यवस्थापन संघका कर्मचारी नेत्र प्रसाद सापकोटा र प्रकाश लुहारले गरेका थिए ।
    सो कार्यक्रममा संघद्वारा तयार गरिएको (वृत्तचित्र) डकुमेन्ट्री समेत प्रस्तुत गरिएको थियो ।

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij