images

बिहिवार, बैशाख २० गते २०८१

कोटहीमाईको १३ औं अधिवेशन सम्पन्न

कोटहीमाईको १३ औं अधिवेशन सम्पन्न

images
images
images
बिहिवार, चैत्र २२ २०८०
बिहिवार, चैत्र २२ २०८०
  • कोटहीमाईको १३ औं अधिवेशन सम्पन्न

    भैरहवा, २२ चैत ।
    रुपन्देहीको कोटहीमाई गाउँपालिकाको १३ औं अधिवेशन सम्पन्न भएको छ । विभिन्न कार्यविधि, नियमावली, रणनीति तथा ऐन पारितसँगै विभिन्न योजनाहरु आवश्यकता अनुसार संशोधन गर्दै बुधबार गाउँपालिकाको सभा हलमा उक्त अधिवेशन सम्पन्न भएको हो । 

    images
    images
    images

    अधिवेशनबाट अनुगमन तथा सुपरीवेक्षण कार्यविधि २०८०, आन्तरिक पर्यटन सम्बन्धी कार्यविधि २०८०, कोटहीमाई गाउँपालिकाको सामाजिक समावेशीकरण नीति २०८०, भ्यागुते, चरचरे, खोरेत लम्पिस्किन र पिपिआर रोग नियन्त्रण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८०, व्यवसायिक गाई, भैंसी, बंगुर, बाख्रा पन्छी तथा मत्स्य फर्म दर्ता कार्यविधि २०८०, अनुदान सञ्चालन हुने कृषि सम्बन्धि कार्यक्रम कार्यान्वयन कार्यविधि २०८०,  खानेपानी तथा सरसफाई र स्वच्छता ऐन २०८०, नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८०, बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्यसञ्चालन कार्यविधि २०८०, राजस्व परामर्श सम्बन्धि कार्यविधि २०८०, सार्वजनिक लेखा समिति कार्यसञ्चालन कार्यविधि २०८०, कोटहीमाई गाउँपालिका संहिता विधेयक २०८०, करार कर्मचारीलाई सामाजिक सुरक्षा कोष आबद्ध कार्यविधि २०८०, विषयगत समितिहरु कार्यसञ्चालन कार्यविधि २०८०, शिक्षा नियमावली २०८०, शैक्षिक छात्रवृत्ति वितरण कार्यविधि २०८०, पञ्चवर्षीय रोजगार रणनिति योजना २०८०, स्वास्थ्य नीति २०८० र कोटहीमाई संवाद मंच सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० पारित भएको कार्यविधि, नियमावली, रणनीति तथा ऐन निर्माण समितिका संयोजक तथा कोटहीमाई–५ का वडाअध्यक्ष संजय कुमार सैनीले जानकारी दिए ।

    त्यसै गरी गाउँपालिकाको १३ औं अधिवेशनले आर्थिक वर्ष २०८०/०८१ को लागि निर्माण गरिएको विभिन्न योजनाहरु कार्यन्यनमा कठिनाई तथा समयमा सम्पन्न हुने नसकेको विभिन्न योजनाहरु सर्वसम्मतले संशोधन गरिएको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले जानकारी दिए ।

    उक्त अधिवेशनका प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख रामकृपाल धोबीले स्थानीय तहमा समन्वय र सहकार्यको भावनाले काम गरिए समाजको विकास गर्न समय नलाग्ने बताए । मर्चवारको अन्य स्थानीय तह भन्दा कोटहीमाई गाउँपालिकाको वातावरण, आर्थिक विकासको सम्भावना बढी रहेको बताउँदै कर्मचारी र जनप्रतिनिधि एकआपसमा समन्वय गरी जिम्मेवारीका साथ काम गर्न उनले आग्रह गरे ।

    कोटहीमाई गाउँपालिकका अध्यक्ष बालकृष्ण त्रिपाठीले आफू निर्वाचित भएर आएदेखि नै कुनै भेदभाव नराखी काम गरेको बताए । उनले भने, ‘यो गाउँपालिकाको विभिन्न वडामा विभिन्न पार्टीबाट निर्वाचित भएर जनप्रतिनिधि आएका छन तर बजेट सिलिङ्गसँगै अन्य सेवामा सधै एकरुपता गरेका छौँ । हामी निर्वाचित भएर आएदेखि कुनै एक पार्टी, समुदाय जाती वा सीमित वडाको लागि होइन सम्पूर्ण गाउँपालिकावासीहरुको लागि होऔं । निस्पक्ष रुपले काम गरिरहेका छौं ।’ पहिलाको तुलनामा बजेटहरु घटेर आइरहदा पनि कामको तुलना गर्दा अहिले बढी काम भइरहेको उनले बताए । कोटहीमाई केही महिना प्रमुख प्रशासकीय अधिकृतबिहिन भइ विकास निर्माणमा असर पुगेको भन्दै मर्चवारी गाउँपालिकामा कार्यरत रहेका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले कोटहीमाई गाउँपालिकाको पनि कामकाज सम्हालेको भन्दै उनलाई धन्यवाद व्यक्त गरेका थिए । 

    त्यसै गरी कोटहीमाई–४ का वडाअध्यक्ष बेचुराम पालले विकास गर्न बढी इच्छुक रहेको बताउँदै आम समुदाय तथा अन्य पार्टीका प्रतिनिधिले समन्वय र सहकार्य तथा सुझाव दिन आग्रह गरेका थिए । उनले भने, ‘यो स्थानीय तह हो स्थानीयको माग अनुसार नै बजेट तथा नीतिनियम बनाउने हो । हामीलाई जसले जति आलोचना गरे पनि त्यसलाई आलोचना नभइ सुझावको रुपमा लिएर आगडी बढनेछौं ।’

    समाजसेवी गुरुवचन यादवले कर्मचारी र जनप्रतिनिधिबीच समन्वय र सहकार्यको दुरी भएको भन्दै त्यसलाई कम गर्न गाउँपालिका अध्यक्षलाई आग्रह गरे । आम नागरिकलाई पनि खुल्ला रुपले बोल्ने वातावरण बनाइ सूचनाको हकलाई कार्यान्वयन गर्न उनले आग्रह गरे ।

    त्यसै गरी सामुदायिक प्रकोप व्यवस्थापन संजालका राष्ट्रिय अध्यक्ष जगन्नाथ प्रसाद कुर्मीले कोटहीमाई गाउँपालिकालाई व्यवस्थित तथा सुशासनमुखी बनाउन निर्माण गरिएको विभिन्न ऐन तथा कार्यविधिहरु निष्पक्ष रुपले कार्यान्वयन गर्न आग्रह गरे । उनले गाउँपालिकाभित्र शिक्षालाई प्राथमिकतामा राखेर योजनाहरु निर्माण गर्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आग्रह गरे । यहाँ आइपर्ने विभिन्न किसिमका विपद्ले हुने घटनाहरुलाई न्यूनीकरण गर्न पूर्वतयारी गर्न उनले गाउँपालिकालाई आग्रह गरे ।

    कार्यक्रममा कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराई, कोटहीमाई–५ का वडा सदस्य हबिब खान, वडा नम्बर ७ का वडा सदस्य इसराक अहमद खाँ लगायतले बोलेका थिए ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईको स्वागत तथा वास संयोजक अजय सिंह क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij