images

शुक्रवार, बैशाख २१ गते २०८१

धरानका मेयर हर्कराज राईलाई लुम्बिनी भ्रमणको निम्ता

धरानका मेयर हर्कराज राईलाई लुम्बिनी भ्रमणको निम्ता

images
images
images
शुक्रवार, चैत्र २३ २०८०
शुक्रवार, चैत्र २३ २०८०
  • धरानका मेयर हर्कराज राईलाई लुम्बिनी भ्रमणको निम्ता

    भैरहवा, २३ चैत ।
    पूर्वी नेपालको भ्रमणमा रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्कराज राईलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणको निम्ता दिएको छ । शुक्रबार उपमहानगरपालिका कार्यालय पुगेर मेयर राईलाई संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठसहितका पदाधिकारी र कार्यसमिति सदस्यहरुले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि अनुरोध गरेका हुन् ।

    images
    images
    images

    ‘शान्ति र पवित्र भूमि लुम्बिनी आएर यहाँले शान्तिको अनुभूति गर्नुहुन म अनुरोध गर्दछु’, अध्यक्ष श्रेष्ठले भने, ‘बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर र लुम्बिनीमा स्वागत गर्न हामी आतुर छौं ।’ उनले मेयर राईमार्फत् धरानबासीलाई लुम्बिनीसहित रुपन्देहीका पर्यटकीय गन्तव्यमा भ्रमण गर्न आग्रह गरे । उनले धरानको विकास र निजी क्षेत्रसँगको सहकार्यका बारे जिज्ञासा पनि राखेका थिए ।

    नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भीष्म प्रसाद न्यौपाने र नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले आर्थिक तथा पर्यटकीय हिसाबले लुम्बिनी क्षेत्र उत्कृष्ट ठाउँ भएको भन्दै त्यहाँ आएर अनुभव लिन आग्रह गरे । उनीहरुले मेयर राईले धरानमा गरेको विकासको सन्दर्भबारे जिज्ञासा राखेका थिए ।

    संघका पदाधिकारी तथा सदस्यहरुसँगको छलफलमा मेयर राईले लुम्बिनी मुलुककै सबैभन्दा महत्वपूर्ण पर्यटकीय स्थल भएको भन्दै आफूले छिट्टै लुम्बिनी भ्रमण गर्ने जनाए । उनले सिद्धार्थ उद्योग वाणिज्य संघसँग सहकार्य गरी लुम्बिनी आएका पर्यटकलाई धरान र धरान आएका पर्यटकलाई लुम्बिनी पठाउन पहल गर्ने जनाए । मेयर राईले आफूले धरानको विकासका लागि सक्दो प्रयास गरेको जनाए । सो अवसरमा संघले मेयर राईलाई बुद्ध मूर्ति उपहार स्वरुप प्रदान गरेको थियो । 

    1712316549167.jpg

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij