images

बिहिवार, बैशाख २० गते २०८१

एसियन बुद्ध होटलद्वारा तिलोत्तमा क्रिकेट एकेडेमीलाई जर्सी हस्तान्तरण

एसियन बुद्ध होटलद्वारा तिलोत्तमा क्रिकेट एकेडेमीलाई जर्सी हस्तान्तरण

images
images
images
शनिवार, चैत्र २४ २०८०
शनिवार, चैत्र २४ २०८०
  • एसियन बुद्ध होटलद्वारा तिलोत्तमा क्रिकेट एकेडेमीलाई जर्सी हस्तान्तरण

    भैरहवा, २४ चैत ।
    भैरहवास्थित एसियन बुद्ध होटलले तिलोत्तमा क्रिकेट एकेडेमीलाई जर्सी हस्तान्तरण गरेको छ । सिद्धार्थनगर नगरपालिका-८ बसडिलवास्थित उक्त होटलले शुक्रबार एक कार्यक्रमकाबीच  एकेडेमीलाई जर्सी हस्तान्तरण गरेको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै होटलका महाप्रबन्धक दीपक धमलाले तिलोत्तमा क्रिकेट एकेडेमीलाई जर्सी वितरण गर्न पाउँदा खुसी लागेको बताए । उनले होटलले सामाजिक कार्यलाई अघि बढाउँदै जाने बताए ।

    त्यस्तै होटलका प्रशासनिक प्रबन्धक केशव भट्टराईले एसियन बुद्ध होटल प्रा.लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्र्दै आएको बताए । उनले यसअघि होटलले महाशिवरात्रीको अवसरमा प्रसाद तथा पानी वितरण गरेको जानकारी दिए । ‘तिलोत्तमा क्रिकेट एकेडेमी जति पनि क्रिकेट प्रतियोगितामा सहभागी हुन्छ, त्यसमा होटलकोतर्फबाट सहयोग रहन्छ, ’उनले भने ।

    एकेडेमीका सञ्चालक कृष्ण भुसालले तिलोत्तमा नगरपालिका–५ मा विगत ३ वर्षदेखि तिलोत्तमा क्रिकेट एकेडेमी सञ्चालन हुँदै आएको बताए । उनले भने, ‘यसै वर्षदेखि एसियन बुद्ध होटलले तिलोत्तमा क्रिकेट एकेडेमी सहभागी भएको जुनसुकै प्रतियोगिता (राष्ट्रिय–अन्तर्राष्ट्रिय) मा विभिन्न रुपमा सहयोग गर्नेछ । चारतारे होटल एसियन बुद्ध उत्कृष्ट होटलको रुपमा रहेको छ । सामाजिक उत्तरदायित्वलाई अगाडि बढाउँदै खेलकुद क्षेत्रको विकासका लागि होटलले सहयोग गर्नु प्रशंसनीय कार्य हो ।’

    समाजसेवी विजय पाण्डेले समाजप्रति केही न केही उत्तरदायित्व बहन गर्नुपर्छ भन्ने उद्देश्यले एसियन बुद्ध होटलले क्रिकेट खेलाडीलाई सहयोग गर्नु सराहनीय रहेको बताए । उनले नेपाली खेलाडीले विश्वभरी नेपालको पहिचान स्थापित गर्न सफल भएको बताए । क्रिकेट खेलमा खेलाडीले आफ्नो भविष्य बनाउन सक्ने उनको भनाइ थियो ।

    उनले भने, ‘होटलले क्रिकेट खेलाडीलाई प्रोत्साहन गर्दै सामाजिक कार्यमा हात अघि बढाएको छ । यसका लागि धन्यवाद दिन चाहन्छौं ।’

    IMG_3532.JPG

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij