images

शुक्रवार, बैशाख २१ गते २०८१

‘वनलाई जीविकोपार्जन र रोजगारीको आधार बनाऔं’

‘वनलाई जीविकोपार्जन र रोजगारीको आधार बनाऔं’

images
images
images
मंगलवार, चैत्र २७ २०८०
मंगलवार, चैत्र २७ २०८०
  • ‘वनलाई जीविकोपार्जन र रोजगारीको आधार बनाऔं’

    तिलोत्तमा, २७ चैत । 
    सामुदायिक वनलाई समुदायको विकास र समग्र देशको आर्थिक स्रोतका रुपमा विकास गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले सामुदायिक वनको दिगो व्यवस्थापन गरी गरीबी घटाउन र लाभान्वित समुदायको जीविकोपार्जनको स्रोत वनाउन वनको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।  

    images
    images
    images

    शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४, रुपन्देहीले समूहका पार्षदहरुका लागि आयोजित सुशासन तथा क्षमता अभिवृद्धि अन्तर्गत वन संरक्षण, जलवायु परिवर्तन तथा कार्वन व्यापार सम्बन्धी सचेतना कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानीयबासीको जीविकोपार्जनमा सामुदायिक वनले विशेष टेवा पुर्याएको बताए । 

    कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा वनका वरिष्ठ सल्लाहकार लिला गिरीले वन जंगलबाट प्राप्त हुने स्रोतहरुको उचित संरक्षण र सदुपयोग गर्नुपर्ने बताए । उनले सामुदायिक वनहरु काठ दाउराको विक्रीवितरणमा मात्र सीमित नभएर जडीबुटी, डाले घाँस खेती, पर्यटकीय हिसाबले विकास गर्दै वनलाई उत्पादनसँग जोडेर स्वदेशमै रोजगारी सिर्जना गर्न सकेमा युवाहरुलाई विदेश पलायन हुनवाट रोक्न सकिने बताए ।

    डिभिजन वन कार्यालय रुपन्देहीका प्रम्ख प्रभात सापकोटाले पृथ्वीको वायुमण्डलमा तापक्रम घट्ने वा वढ्ने प्रक्रियाका कारणले गर्दा जलवायु परिवर्तन हुने भएकाले यसको न्यूनीकरणका लागि वन विनास, औद्योगिककरण, वन डढेलो, इन्धनको बढ्दो प्रयोग तथा शहरीकरणलाई कम गर्नुपर्ने वताए । उनले विकसित देशका तुलनामा नेपालले हरित गृह ग्यास नगण्य मात्रामा उत्सर्जन गरे पनि तापक्रम वृद्धिका कारण वातावरणमा ठूलो असर देखा परेको बताए । 

    सामुदायिक वनका अध्यक्ष रविन्द्र बस्नेतले समूहका पार्षदहरुको क्षमता अभिवृद्धि र वन संरक्षण, जलवायु परिवर्तन र कार्वन व्यापार सम्बन्धमा जानकारी गराउने उद्देश्यले समूहको वार्षिक कार्ययोजना अनुसार कार्यक्रम आयोजना गरिएको बताए । 

    सोमबार र मंगलबार दुई दिनसम्म सञ्चालन हुने सचेतना कार्यक्रममा डिभिजन वन प्रमुख प्रभात सापकोटा र सहायक वन अधिकृत सूर्य प्रसाद मैलालीले सहजीकरण गरेका छन् । कार्यक्रममा ३११ जना पार्षदहरुको सहभागीता रहेको वनका कोषाध्यक्ष भुवन आचार्यले जानकारी दिए । 
    कार्यक्रममा समूहका सल्लाहकार खिमानन्द भट्टराई, उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारीलगायतले वन संरक्षण र जलवायु परिवर्तनका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।  
      

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij