images

शुक्रवार, बैशाख २१ गते २०८१

आर्थिक सुशासनको अभावमा देशको उन्नति हुन सकेन : सांसद् घिमिरे

आर्थिक सुशासनको अभावमा देशको उन्नति हुन सकेन : सांसद् घिमिरे

images
images
images
मंगलवार, चैत्र २७ २०८०
मंगलवार, चैत्र २७ २०८०
  • आर्थिक सुशासनको अभावमा देशको उन्नति हुन सकेन : सांसद् घिमिरे

    भैरहवा, २७ चैत । 
    प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले आर्थिक सुशासनको अभावनमा देशको उन्नति हुन नसकेको बताएका छन् । उनले कहिले पूर्ण रुपमा नेपालमा सुशासन कायम हुन्छ होला भन्ने आकलन गर्न नसकिएको बताए ।

    images
    images
    images

    नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगर, रुपन्देहीको २५ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशनमा बोल्दै सांसद् घिमिरेले आ–आफ्नो ठाउँबाट काम नगर्दा समस्या भएको बताए । 

    भन्सारको जाँचपास हुँदा के के हुन्छन् तपाईहरुलाई धेरै थाहा छ भन्दै सांसद् घिमिरेले एजेन्ट, कर्मचारी मिल्दैनन्, प्रहरी र प्रशासन मिल्दैनन् र जनताको पक्षमा काम गर्छन् भन्ने सन्देश यही बेलहियाबाट सुरुवात गर्नुपर्ने बताए । कसैले पनि मर्ने समयमा पैसा लिएर नजाने बताउँदै इमान्दारीता भएर काम गर्न कर्मचारी र एजेन्ट संघलाई उनले आग्रह गरे । अहिले देशमा सबै तहले नै इमान्दारीतापूर्वक काम गर्न नसक्दा देशको उन्नति हुन नसकेको उनले बताए । 

    कर्मचारीले मालदार मन्त्रालय कार्यालय खोज्नुको कारण के हो भन्दै प्रश्न गरे । नेपाल सरकारले दिएको तलब एउटै भएको बताउँदै मालपोतमा काम गर्ने कर्मचारीलाई रुपन्देही जिल्ला नै किन चाहियो ? ‘गुल्मी गएर काम किन नगर्ने भन्दै प्रश्न गरे । गुल्मीमा घर जग्गाको काम कम हुन्छ रुपन्देहीमा बढी हुन्छ आखिर कर्मचारीको तलब त जहाँ भए नि एउटै हो नि, ’उनले भने ।

    सांसद् घिमिरेले कर्मचारी, नेतादेखि सबैले आ–आफ्नो ठाउँबाट इमान्दारितापूर्वक काम गरे देशमा सुशासन आउने बताए । 

    भन्सारसम्बन्धी विभिन्न कानूनलाई सबैको सल्लाह बमोजिम सहजीकरण गर्ने गरी काम गर्न ऐन बनाउने काममा तत्पर भएर लाग्ने सांसद् घिमिरेले प्रतिवद्धता व्यक्त गरे । उद्योगी व्यवसायी, आयातकर्ता र निर्यातकर्ताको आधिकारिक एजेन्ट भने पनि भन्सार एजेन्टले मालिकको हैसियतमा काम गरेको बताए । उनले भने, ‘सरकारकोतर्फबाट पनि त्यही दृष्टिकोणले हेर्नुपर्छ भन्ने कुरामा म विश्वस्त र प्रतिवद्ध छु । ’सरकारमा रहदा आफूले समर्थन गर्ने प्रस्तावको प्रतिपक्षमा पुगेपछि विरोध गर्ने प्रवृत्ति ठीक नभएको उनको भनाइ छ । 

    त्यस्तै संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले भैरहवा भन्सार कार्यालयले आफूलाई देशको लाइफलाइन सावित गरेको बताए । उनले देशमा संकट आउँदा यो भन्सार कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गरे ।

    नेपाल भन्सार एजेन्ट महासंघका केन्द्रीय अध्यक्ष भरतराज घिमिरेले अबका नयाँ भन्सार एजेन्ट पास गरेर आएकाहरु धेरै ज्ञान भएका आएका बताउँदै अब भन्सार कार्यालयलाई एजेन्टहरुले यो नियमले लेखेको छ किन हुँदैन भनेर प्रश्न सोध्नुपर्ने बताए । उनले शिर ठाडो पारेर काम गर्न भन्सार एजेन्टहरुलाई आग्रह गरे ।

    भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले पछिल्लो समय भन्सारप्रति आम मानिसको धारणा सकारात्मक नभएको बताउँदै नेपाल भन्सार एजेन्ट संघ र भन्सार एजेन्ट परिषद नेपालबीचको एकता अधिवेशन भएपछि भन्सार कार्यालयप्रति सरोकारवाला निकाय साझेदार संस्थाहरुको नकारात्मक धारणा न्यूनीकरण हुने बताए । भन्सारका प्रक्रियाका सरलीकरण गर्ने कार्यमा, सबैको सुझाव सल्लाह लिने कार्यमा भन्सार कार्यालय सदैव तत्पर रहेको उनले बताए । उनले भने, ‘तपाईहरुका सल्लाह सुझाव ग्रहण गर्न तयार छौं । जायज माग सम्बोधन गर्छौं ।’

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले देशको अर्थतन्त्रलाई अहम भूमिका निर्वाह गर्ने काम भन्सार एजेन्टको भएको बताए । अध्यक्ष शर्माले राजस्व संकलन कम हुनु व्यवसायको अवस्था झनै घट्नु चोरी निकासी प्रमुख कारण भएको बताउँदै क्यारिङ एजेन्टका कारण पेशा धराशायी बनेको बताए । क्यारिङ गरी सामान ल्याउनेका कारण व्यवसायमा आघात पुगेको बताए । 

    राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालका केन्द्रीय अध्यक्ष भोलानाथ अर्यालले पेशामा एकरुपता ल्याउन एकता गरिएको बताए । उनले भन्सार एजेण्टको हकहितका लागि निरन्तर लडिरहने बताए । उनले भने, ‘भन्सार एजेन्टले आफ्नो कर्तव्य पालना गर्नुपर्छ । भन्सार एजेन्टले भन्सार प्रशासन र व्यवसायीबीच पुलको काम गरेका छन् ।’

    कार्यक्रममा नेपाल उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलम, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, चेम्बर अफ कमर्श (उद्योग ब्यापार संगठन रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ, सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष नेत्र पाठक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

    कार्यक्रममा पत्रकार शशि पन्थीलाई सम्मान गरिएको थियो । पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर सामाजिक, आर्थिक तथा पर्यटन क्षेत्रमा योगदान पुर्याएको भन्दै पन्थीलाई नगद रु. १५ हजारसहित सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो । पत्रकार पन्थी बुटवल टुडे दैनिक, रेडियो नेपाल र शालिन न्यूजमा आबद्ध छन् ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij