२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

रुपन्देहीमा नदीजन्य पदार्थसहित दुईवटा ट्रयाक्टर प्रहरीको नियन्त्रणमा

मंगलवार , चैत्र २७, २०८०

भैरहवा, २७ चैत ।
प्रहरीले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरस्थित रोहिणी खोलाबाट दुईवटा ट्रयाक्टर  नियन्त्रणमा लिएको छ ।

अवैध रुपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन् गरी लैजाँदै गरेको अवस्थामा लु ४ त ७२२३ र लु ५ त १६६ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए । 

डीएसपी भट्टका अनुसार ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले बालुवा उत्खनन् गरी लैजाँदै गरेको अवस्थामा ट्रयाक्टर फेला पारी नियन्त्रणमा लिएको थियो ।

आवश्यक कारवाहीका लागि ओमसतिया गाउँपालिकाको कार्यालयमा पठाइएकोमा रु. ३० हजार जरिवाना भएको प्रहरीले जनाएको छ ।