images

बिहिवार, बैशाख २० गते २०८१

चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः टंक पोखरेल

चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः टंक पोखरेल

images
images
images
बुधवार, चैत्र २८ २०८०
बुधवार, चैत्र २८ २०८०
  • चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः टंक पोखरेल

    बुटवल, २८ चैत । 
    नेपाल चेम्बर अफ कमर्सको लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा टंक प्रसाद पोखरेल पुनः चयन भएका छन् । काठमाडौंमा सम्पन्न चेम्बर अफ कमर्सको ७३ औं साधारणसभा तथा अधिवेशनबाट पोखरेल पुनः अध्यक्ष बनेका हुन् । चेम्बरको केन्द्रिय अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित भएका हुन् ।

    images
    images
    images

    अग्रवालको नेतृत्वमा ६५ सदस्यीय कार्यसमिति चयन भएको हो ।  नेपाल चेम्बरको विधानले केन्द्रिय महाधिवेशनबाट केन्द्रिय कमिटी र प्रदेश अध्यक्षहरु चयन गर्ने व्यवस्था छ । 

    यसपछि प्रदेशको अधिवेशनले केन्द्रबाट चयन भएका प्रदेश अध्यक्षहरुको नेतृत्वमा नयाँ समिति बनाउने छ । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको वैशाखमा हुने अधिवेशनबाट कार्यसमिति विस्तार हुने नवनिर्वाचित अध्यक्ष पोखरेलले बताए ।

    यसअघि नेपाल चेम्बरको साधारणसभाका क्रममा बोल्ने वक्ताहरुले आगामी वर्षको बजेट यथार्थपरक बनाउन माग गरेका छन् । मुलुकको बजेट र मौद्रिक नीतिकाृ प्रभावकारी समन्वय मार्फत आर्थिक समृद्धि हासिल हुने भएकाले बजेट निर्माण यथार्थपरक ढंगबाट गर्न आव्हान गरेका थिए । सधै महत्वकांक्षी र ठूलो आकारको बजेट निर्माण गर्दा कार्यान्वयन हुन नसकेकाले यसपटक वस्तुनिष्ठ र कार्यान्वयनमुखी बजेट निर्माण गर्नुपर्ने उनीहरुको माग थियो ।

    चेम्बरको साधारणसभा तथा अधिवेशन उद्घाटन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक विकास र समृद्धिको कार्यभार पूरा गर्न सरकार प्रयासरत रहेको बताए । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij