२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

समता लघुवित्तद्वारा बीमावापतको रकम हस्तान्तरण

बिहिवार , चैत्र २९, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, २९ चैत । 
    समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमावापतको रकम हस्तान्तरण गरेको छ । लिमिटेडको शाखा कार्यालय अहिरौलीद्वारा सञ्चालित केन्द्र नम्बर २५ को बिन्द्रावती कुर्मीको बीमा दावी गरेको वापत आएको रकमबाट १ लाख रुपैयाँ कर्जा मिन्हा गरी १ लाख ७२ हजार ९ सय ५० रुपैयाँको चेक बिन्द्रावतीको छोरा सुनिललाई हस्तान्तरण गरिएको छ । 

    मायादेवी गाउँपालिका–३ बरेवा, रुपन्देहीमा भएको रकम हस्तान्तरण कार्यक्रममा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा कार्यालय प्रमुख प्रकाश कुमार मेहरा, अनुगमन अधिकृत तेजमणि लोहनी, शाखाका सहायक कर्मचारी रोहित कुमार यादव, पवित्रा चौधरीलगायतको उपस्थिति रहेको थियो ।