२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा चार लाखको अवैध सामान बरामद

सोमवार , बैशाख ३, २०८१

  • 925
    Shares
  • 925
    Shares
  • भैरहवा, ३ वैशाख ।
    सशस्त्र प्रहरीले रुपन्देहीमा करिब ४ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न स्थानबाट सामान बरामद गरेको हो । बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीले जनाएको छ ।

    सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. मझगाँवा, रुपन्देहीबाट सशस्त्र प्रहरी निरीक्षक विजय कुँवरको कमाण्डमा खटिएको टोलीले आइतबार मायादेवी गाउँपालिका–६ स्थित दुर्गौलियाबाट अवैध सामान बरामद गरेको हो । अन्दाजी मूल्य १ लाख ५२ हजार ३ सय २० रुपैयाँ बराबरको चिनी ६ सय के.जी., प्याज २०२३ के.जी र मटरदाल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 

    त्यस्तै विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाको कमाण्डमा खटिएको सीमा अनुगमन टोलीले सोमबार विभिन्न स्थानबाट अन्दाजी मूल्य २ लाख २९ हजार ९ सय ७५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो । 

    चिनी ४ सय के.जी., प्याज २३५५ के.जी. र सामान ढुवानीमा प्रयोग भएको दुईवटा मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    Baramad Saman.jpeg
    saman.jpg