images

मंगलवार, बैशाख १८ गते २०८१

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

images
images
images
सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौ, ३ वैशाख ।
    नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो ।
    निगम सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको हो । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो । बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुनेछ । 

    images

    मूल्य बढेसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १ लिटर पेट्रोलको मूल्य १ सय ७२ रुपैयाँ ५० पैसाबाट १ सय ७५ रुपैयाँ ५० पैसा पुगेको छ ।

    त्यस्तै दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा १ लिटर पेट्रोलको मूल्य १ सय ७४ रुपैयाँ ५० पैसाबाट १ सय ७७ रुपैयाँ कायम भएको छ।

    त्यसै गरी तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १ लिटर पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँबाट १ सय ७८ रुपैयाँ पुगेको छ ।
    डिजेल र मट्टीतेल १ लिटरको मूल्य क्रमश : १ सय ५८, १ सय ६० र १ सय ६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij