images

मंगलवार, बैशाख १८ गते २०८१

उजिरसिंहको मूर्ति बनाउन शाइन रेसुंगा बैंकको साझेदारी

उजिरसिंहको मूर्ति बनाउन शाइन रेसुंगा बैंकको साझेदारी

images
images
images
सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • उजिरसिंहको मूर्ति बनाउन शाइन रेसुंगा बैंकको साझेदारी

    रुपन्देही, ३ वैशाख । 
    पाल्पाको तिनाउ गाउँपालिका–२, नुवाकोटमा कर्णेल उजिर सिंह थापाको पूर्णकदको मूर्ति निर्माणमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लागत साझेदारी गरेको छ । १५ लाख रुपैयाँ लागतको मूर्ति बनाउन शाइन रेसुंगा डेभलपमेन्ट बैंक, बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाले लागत साझेदारी योगदान गरेका हुन् भने गरुड दल गणले श्रमदान र व्यवस्थापनको काम गरेको हो । 

    images

    नेपाली सेनाले अंग्रेज फौजमाथि विजय हासिल गरेको ऐतिहासिक स्थल जितगढी किल्लासँग सम्बन्धित नुवाकोटमा पनि कर्णेल उजिर सिंह थापाको स्मृति ताजा राख्ने उद्देश्यले पूर्णकदको मूर्ति बनाइएको हो । सोमबार मुर्ति अनावरण कार्यक्रममा बोल्ने वक्ताहरुले बुटवलको जितगढी र पाल्पाको नुवाकोटलाई जोडेर सामरिक र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताए । 

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, गरुड दल गणका गणपति प्रमुख सेनानी दिपेन्द्र न्यौपाने लगायतले आफ्नो धारणा राखेका थिए । 

    त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ऐतिहासिक, धार्मिक, साँस्कृतिक क्षेत्रसँगै वातावरण संरक्षण, वित्तीय साक्षरता र सामाजिक क्षेत्रहरुमा अग्रणी भूमिकामा रहेर सक्दो योगदान गर्दै आएको र त्यसैको निरन्तरता स्वरुप नुवाकोटमा उजिरसिंहको मूर्ति निर्माणमा पनि आर्थिक योगदान गरेको बताए । 
     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij