
मंगलवार , बैशाख ४, २०८१
भैरहवा, ४ वैशाख ।
सशस्त्र प्रहरीले रुपन्देहीमा ठूलो मात्रामा लागूऔषध (गाँजा) बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरको कमाण्डमा खटिएको सीमा अनुगमन टोलीले २७२.३३ केजी गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा वैशाख ४ गते मंगलबार बिहान ३ः१५ बजे रोहिणी गाउँपलिका-१ हुलाकी सडकखण्ड अन्तर्गत बाईपास ईलाकामा गाँजा बरामद गरिएको एसपी थापामगरले बताए ।
‘पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको युपी ७८ बीटी ८२९७ नम्बरको टाटा कन्टेनर चेकजाँच गर्ने क्रममा चालकको सिटमाथि रहेको फल्स बटमभित्र लागूऔषध लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा सवारीचालक भारतको स्टेट पंजाब, लुधियाना डिष्ट्रिक, स्टेट नम्बर १० (भवदीप सिंहनगर-१०) का ३६ वर्षिय सतनम सिंहलाई पक्राउ गरी यस गणमा ल्याइएको छ, ’उनले भने । अवैध लागूऔषध (गाँजा), कन्टेनर र सवारीचालक नेपाल प्रहरीलाई बुझाउने एसपी थापामगरले बताए ।
सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाका अनुसार गाँजा राखिएको उक्त सवारीसाधन नेपालबाट भारततर्फ जान लागेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij