images

बिहिवार, बैशाख २० गते २०८१

ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणमा शेयर जारी गर्दै

ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणमा शेयर जारी गर्दै

images
images
images
बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणमा शेयर जारी गर्दै

    बुटवल, ६ वैशाख ।
    रुपन्देहीको बुटवलस्थित ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । ड्रिम ग्रुप अन्तर्गतको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणलाई समेत पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित सार्वजनिक शेयर निष्काशन प्रक्रिया अगाडि बढाइएको होटलका अध्यक्ष गोपाल रानाले जानकारी दिए ।

    images
    images
    images

    होटलले सहलगानी गर्दै देशका ७ वटै प्रदेश तथा पर्यटकीय गन्तव्यहरुमा होटल स्थापना गर्ने योजना बनाएको र छिट्टै नै आईपिओ जारी गरी उक्त योजनानुसार कामहरु सम्पन्न गर्ने अध्यक्ष रानाले जानकारी दिए ।

    पब्लिक कम्पनीमा रुपान्तरण गरी आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । एक कार्यक्रमबीच ड्रिम इन्टरनेशनल होटलको तर्फबाट अध्यक्ष राना र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij