
मंगलवार , बैशाख ११, २०८१
रुपन्देही, ११ वैशाख ।
नेकपा (एमाले) रुपन्देहीले गत शनिबार जिल्लाको रोहिणी गाउँपालिकाका विभिन्न वडा र लुम्बिनी साँस्कृतिक नगरपालिकाका विभिन्न स्थानमा भएको भीषण आगलागीप्रति दुःख व्यक्त गरेको छ ।
एमाले रुपन्देहीले एक विज्ञप्ती जारी गर्दै आगलागीले किसानले भित्र्याउन लागेको गहुँबाली र मानव बस्तीमा लागेको आगलागीबाट रोहिणी गाउँपालिकाको वडा नम्बर ५ मा १५ वटा र वडा नम्बर ६ मा १६ वटा घर र घरभित्र रहेका लत्ताकपडा, खाद्यान्नलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको, अधिकांश किसानका पशुचौपाया जलेर मरेको र खेतमा भएको गहुँबाली समेत नष्ट भएको जनाएको छ ।
त्यस्तै एमालेले लुम्बिनी साँस्कृतिक नगरपालिकाका विभिन्न स्थानमा सोही दिन भएको आगलागीबाट ११ वटा घर जलेर पूर्ण रुपमा क्षति भएको, दुईवटा कुखुरा फार्ममा पूर्ण क्षति भएको एवं करिब २५० बिगाहा क्षेत्रफलमा रहेको गहुँबाली समेत नष्ट भएको जनाएको छ ।
एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीद्वारा जारी विज्ञप्तीमा जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आगलागीमा परेर घाइते सबैको स्वास्थ्य उपचार, प्रभावकारी उद्दार र राहतका लागि स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराइएको छ । साथै एमालेले आगलागीबाट जोगिने उपाय अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij