२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

रेडक्रस सोसाईटीद्वारा सम्मरीमाई–१ का आगलागीपीडितलाई राहत वितरण

बुधवार , बैशाख १२, २०८१

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, १२ वैशाख ।
    नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाले आगलागीपीडितलाई राहत वितरण गरेको छ । रेडक्रसले मर्चवार क्षेत्र अन्तर्गत सम्मरीमाई गाउँपालिका वडा नम्बर १ का १३ घरपरिवारलाई बुधबार राहत सामग्री उपलब्ध गराएको हो ।

    गत वैशाख ७ गते दिउँसो भएको आगलागीबाट स्थानीयको घरमा क्षति पुगेको थियो । घरायसी जिन्सी वस्तुहरु, लुगाकपडा, बाख्रा, भाडाकुडा लगायतका सामग्री जलेको रेडक्रस सम्मरीमाई उपशाखाका सभापति केशव कुमार उपाध्यायले बताए । पीडितहरुलाई कपडा, कम्मल, त्रिपाललगायतका सामग्री वितरण गरिएको उपाध्यायले जानकारी दिए ।

    उक्त सामग्री वितरण कार्यक्रममा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद श्रीवास्तव, नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखा सभापति दीपक क्षेत्री न्यौपाने, रेडक्रस सम्मरीमाई उपशाखा सभापति केशव कुमार उपाध्याय, कोषाध्यक्ष अंकित कुर्मी, सदस्य जगन्नाथ कुर्मीलगायतको उपस्थिति रहेको थियो ।