२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोटरी रेसुङ्गा गुल्मीद्वारा अग्नीपीडितलाई नगद तथा राहत सामग्री सहयोग

बुधवार , बैशाख १२, २०८१

गुल्मी, १२ वैशाख ।
गुल्मीको इस्मा गाउँपालिकाका अग्नीपीडितलाई रोटरी क्लब अफ रेसुङ्गा गुल्मीले नगद तथा राहत सामग्री सहयोग गरेको छ । क्लबद्वारा संकलित राहत रकम र सामग्री अग्नीपीडितलाई प्रदान गरेको हो ।

क्लबले अग्नीपीडितको आवास निर्माणको नगद र खाद्यान्न, कपडा, बाल्टी, जग लगायतका सामाग्रीहरु सहयोग गरेको क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए । राहत सामाग्री प्रदान गर्न क्लबका पदाधिकारी तथा सदस्यहरु अग्नीप्रभावित क्षेत्रमा पुगेका थिए । अग्नीपीडितहरुको लागि सानो सहयोगले ठूलो काम गरोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए । जिल्लाको इस्मा गाउँपालिकामा आगलागीबाट १९९ जना नागरिक प्रभावित भएका छन् ।

रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका निवर्तमान अध्यक्ष, रोटरी क्लब अफ रेसुङ्गा गुल्मीका वरिष्ठ सल्लाहकार एवं गभर्नर स्पेशल रिप्रेजेनटेटीभ (जीएसआर) भोेज बहादुर खत्री (भोजेन्द्र)ले आफ्नो अगुवाइ (नेतृत्व) मा ४ लाख ५१ हजार बराबरको राहत सामग्री वितरण गरिएको बताए ।

436943483_441521321865722_6027317745127052230_n.jpg

गत वैशाख ८ गते शनिबार दिउँसो स्थानीय सामुदायिक वनबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौंको क्षति भएको थियो । घर जल्दा खुल्ला आकाशमुनी बस्न बाध्य नागरिक अहिले छिमेकीको घरमा आश्रय लिएर बस्दै आएका छन् ।

आगलागीबाट इस्मा गाउँपालिकाका विभिन्न वडाहरुमा क्षति पुगेको छ । गाउँपालिकाको वडा नम्बर २ को सिदुङखा, हाडीखोला, मैनडाँडा, वडा नम्बर–४ को कोटकोटेरी टिम्लेखर्क, मडकिन र वडानम्बर–६ को बुल्ममा आगोलागीबाट २६ वटा घर गोठ जलेर नष्ट भएका छन् ।

त्यस्तै ४९ वटा गोठ जलेर नष्ट भएका छन् । आगलागीमा एउटा ट्याक्टरमा आगलागी हुँदा २ जन घाइते भएका छन् । ५६ वटा पशुचौपाय जलेर नष्ट भएका छन् ।  
अग्नीपीडितहरुका लागि विभिन्न संघ–संस्थाले राहत सामाग्री प्रदान गर्ने क्रम बढ्दै गएको छ । जिल्ला र जिल्ला बाहिरबाट विभिन्न संघ–संस्थाले अग्नीपीडितहरुका लागि सामग्री पुर्याउने काम गरेका छन् ।