बुटवल, १४ वैशाख ।
युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा शनिबार (भोलि) ‘बीटुबी कनेक्ट’ २०२४ हुने भएको छ । आयोजकका अनुसार नेपालमै पहिलोपटक तिलोत्तमा नगरपालिकास्थित टाईगर प्यालेस रिर्सोटमा हुने कार्यक्रममा युवा उद्यमी मञ्चका विभिन शाखाका प्रमुख तथा सदस्यहरुको सहभागीता रहनेछ ।
चितवन, पोखरा, ललितपुर, नेपालगंज, रुपन्देहीलगायतका जिल्लाबाट युवा उद्यमी मञ्चका सबै सदस्य तथा प्रतिनिधीहरुको सहभागीता रहने आयोजक संस्था युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिए । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा नेशनल गर्भिनिङ्ग काउन्सीलका एक्जुकेटिभ मेम्बर पवित्र गौतमले सहजीकरण गर्नेछन् । त्यस्तै मुख्य वक्ताको रुपमा मान्सी अग्रवाल रहेकी छन् । उनीहरुले उद्यमशील नेटवर्किङ सम्बन्धि तालिम प्रदान गर्ने तथा बीटुबी सत्र हुने जनाइएको छ ।
युवा उद्यमी मञ्च रुपन्देहीले विगत लामो समयदेखि युवा उद्यमीहरुको पक्षमा विभिन्न काम गर्दै आएको छ । यो भन्दा पहिला युवा उद्यमशिलता विकासको लागि समेत उत्प्रेणात्मक कार्यक्रम गर्दै आएको थियो । यसको अलवा मञ्चले मोबाईल मेला, जुत्ता मेला, युवा उद्यमी सम्मेलन, युवा उद्यमशील बुटक्याम्प, नेपाल उत्पादित वस्तुको मेला (मेडईन नेपाल) समेत आयोजना गर्दै आएको छ । त्यस्तै अन्तरउत्प्रेणात्मक कार्यक्रम समेत गर्दै आएको छ ।