
सोमवार , बैशाख १७, २०८१
भैरहवा, १७ वैशाख ।
नेपाल रेडक्रस सोसाईटी सम्मरीमाई उपशाखाले आगलागीपीडित १६ घरपरिवारलाई राहत वितरण गरेको छ । आइतबार सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ नौडिहवाका आगलागीबाट अतिप्रभावित घरपरिवारलाई राहत वितरण गरिएको रेडक्रस सम्मरीमाई उपशाखा सभापति केशव उपाध्यायले बताए । पीडितहरुलाई त्रिपाल र कम्बल वितरण गरिएको उनले जानकारी दिए ।
राहत वितरण कार्यक्रममा सम्मरीमाई–७ का वडाअध्यक्ष राधेश्याम कुर्मी, विपत व्यवस्थापन सन्जालका जगन्नाथ प्रसाद कुर्मी, रेडक्रस सम्मरीमाईका कोषाध्यक्ष अंकित कुर्मी, सह–कोषाध्यक्ष इन्द्रजित धवल, सदस्य जमिर रहमत फकिर, रोइनिहवा प्रहरी चौकीमा कार्यरत प्रहरी हवलदार बम बहादुर खासु लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij