२०८२, चैत्र १७ गते

Mar 31 2026 | २०८२, चैत्र १७ गते

एलएसडीटीको ११२ औ श्रृंखला पूरा, ‘माया तेल’ ले दियो उपहार

शनिवार , बैशाख २२, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, २२ वैशाख ।
    लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिंङ (एलएसडीटी) ११२ औं श्रृखला पूरा भएको छ । तालिमको ११२ औं श्रृंखलामा बोल्दै उद्यमी मोहन बनियाले उद्योग व्यवसायमा लाग्न प्रेरित गरेका छन् । ‘सधै स्थिति अनुकुल हुँदैन । प्रतिकुल स्थितिमा पनि प्रयास गर्न छोड्नुहुँदैन । बनियाले भने, ‘देशको आर्थिक विकासका निम्ति उद्योग, व्यापार क्षेत्रमा लिडरसीप लिनुपर्छ ।’

    नेपालमा उत्पादित खाने तेललाई प्रोत्साहन गर्नुपर्ने बताउँदै उनको आफूले सञ्चालन गर्दै आएको सनसाइन फुड प्रा.लि.बाट उत्पादित माया खाने तेल लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङका विद्यार्थीहरुलाई उपहारका रुपमा वितरण समेत गरेका थिए । 

    एलएसडीटीका सदस्य समेत रहेका बनियाले भने, ‘राम्रो भए माया तेलको प्रयोग गरेर प्रोत्साहन गर्नुहोस् गुणस्तरीय नभए सुझाव दिनुहोस् । तेलको उत्पादन जापानिज प्रविधिबाट हुने गरेको र यस क्षेत्रमा अत्याधुनिक मेसिन जडान गरेको उनले जानकारी दिए । तालिमको प्रमुख अतिथि एलएसडीटी व्यवस्थापन समितिका सदस्य तथा सचिवालय प्रमुख विरेन्द्र ज्ञवालीले तालिमको महत्वको बारेमा बताए ।

    कार्यक्रमका अध्यक्ष प्रशान्त ज्ञवालीले धन्यवाद ज्ञापनमा भएको कार्यक्रममा  कृष्ण साहले सहजीकरण गरेका थिए । पल्लवी न्यौपाने, मिनिता थापा, अप्सरा पाण्डे, विद्या शर्मालगायतले लिडरसीपको अनुभव साटेका थिए । कार्यक्रम भैरहवास्थित एसियन बुद्ध होटलमा सञ्चालन भएको थियो ।

    मानिसमा अन्तरनीहित नेतृत्व क्षमताको विकासका निम्ति २०७८ सालबाट भैरहवामा नियमित सञ्चालित तालिम निःशुल्क रुपमा सञ्चालन हुँदै आएको र यो तालिमको आकर्षण बढ्दै गएको ११२ औं श्रृंखलाका सचिव तथा कार्यक्रमका सञ्चालक सन्दिप कमार अग्रहरीले बताए । 

    WhatsApp Image 2024-05-04 at 6.17.01 PM.jpeg

    करिब ४० जना प्रशिक्षार्थीहरु सहभागी भएको उक्त कार्यक्रममा श्रुंखलाकी  उपाध्यक्ष तथा कार्यक्रम संयोजक सीता भण्डारीले स्वागत मन्तव्य राख्दै यो तालिमले नेतृत्व लिन हिम्मत बढाएको बताइन् ।

    WhatsApp Image 2024-05-04 at 6.17.01 PM (1).jpeg