images
images

शनिवार, जेठ ५ गते २०८१

तुलसीपुरको विकासका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण

तुलसीपुरको विकासका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण

images
images
images
आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • तुलसीपुरको विकासका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण

    दाङ, २३ वैशाख । 
    तुलसीपुरका उपमहानगरपालिकाका प्रमुख (मेयर) टिकाराम खड्काले तुलसीपुरको विकासका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराको ध्यानाकर्षण गराएका छन् । मुख्यमन्त्री महरालाई शनिबार भेटेर मेयर खड्काले सडक पूर्वाधार, सिचाई, पर्यटन, खेलकुद र जलाशय निर्माणमा बजेट विनियोजन गरिदिन आग्रह गरेका हुन् ।

    images
    images
    images

    उनले उपमहानगरका १० वटा जलाशय निर्माण, १९ वटा सिचाई आयोजना, ६ वटा सडक कालोपत्रे गर्ने बजेट विनियोजन गर्न आग्रह गरे । त्यसै गरी नगरप्रमुख खड्काले एउटा क्रिकेट मैदान औद्योगिक ग्राममा अत्याधुनिक बधशाला निर्माणमा आवश्यक बजेट छुट्याउन माग गरे ।

    मुख्यमन्त्री महराले तुलसीपुरले माग गरेका ठाउँमा बजेट विनियोजन गर्ने प्रतिवद्वता व्यक्त गरे । ‘म तुलसीपुरको विकासका लागि प्रतिवद्व छु । मुख्यमन्त्री महराले भने, ‘तुलसीपुरले पेश गरेका सबै योजनामा बजेट विनियोजन हुनेछ ।’

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij