images
images

शनिवार, जेठ ५ गते २०८१

निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे

निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे

images
images
images
आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे

    भैरहवा, २३ वैशाख ।
    नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाईटी (निप्स) बुद्धभूमि सिद्धार्थनगर, भैरहवाको पदस्थापन समारोह सम्पन्न भएको छ । शनिबार रुपन्देहीको भैरहवामा सम्पन्न समारोहमा सोसाईटीका संस्थापक अध्यक्ष वीर सिंह महरालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) चंकी क्षेत्रीले सपथग्रहण गराएका थिए । संस्थापक अध्यक्ष महरा सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि.मा कार्यरत छन् ।

    images
    images
    images

    त्यस्तै अध्यक्ष महराले पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई सपथग्रहण गराएका थिए । निप्स बुद्धभूमि ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा पंकज यादव (नेपाल इन्स्योरेन्स), महासचिवमा प्रकाश शर्मा गैरे (यूनाइटेड अजोड इन्स्योरेन्स), सचिवमा आनन्द क्षेत्री (हिमालयन लाइफ इन्स्योरेन्स) र कोषाध्यक्षमा सतिश भुषाल (सगरमाथा लुम्बिनी इन्स्योरेन्स) रहेका छन् ।

    त्यस्तै कार्यसमिति सदस्यहरुमा संजोग भट्टराई (हिमालयन एभरेष्ट इन्स्योरेन्स), संचित भट्टराई (सानिमा जीआईसी इन्स्योरेन्स), गिरिजा खनाल (सिटिजन लाइफ इन्स्योरेन्स), सुखसागर बरई (आईजी आई प्रूडेन्सीयल), राहुल क्षेत्री (एलएलजी इन्स्योरेन्स) र सुदिप ज्ञवाली (एलआईसी नेपाल) रहेका छन् । त्यसै गरी सल्लाहकारमा नेशनल लाइफ इन्स्योरेन्सका कमल कार्की र नेको इन्स्योरेन्सका विजय ज्ञवाली रहेका छन् ।

    कार्यक्रममा मन्तव्य राख्दै संस्थापक अध्यक्ष महराले सबैको साथ, सहयोग र विश्वासले आफूलाई अध्यक्षको जिम्मेवार दिइएको भन्दै धन्यवाद ज्ञापन गरे । उनले भने, ‘संस्थालाई राम्रो ठाउँमा पुर्याउन र उत्कृष्ट संस्था बनाउन लागिपर्नेछु ।’ 

    प्रमुख अतिथि नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सिईओ) चंकी क्षेत्रीले बीमा बजारमा प्रतिष्पर्धा रहेको भन्दै अनुशासित ढंगले काम गर्न आग्रह गरे । उनले भने, ‘आफ्नो महत्व के हो चिन्नुपर्छ । सबैको भूमिका र महत्व हुन्छ ।’

    त्यस्तै विशिष्ट अतिथि नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापाले नीप्सलाई बीमा प्राधिकरणले प्रवद्र्धन गर्दै आएको बताए । उनले भने, ‘राम्रो काम गर्नुस् । सधै हामी पछि छौं । ’ उनले संस्थागत सुशासन आवश्यक रहेकोमा जोड दिए ।

    नेपाल इन्स्योरेन्स सर्भेयर एशोसियशन लुम्बिनी प्रदेशका पदाधिकारी विरेन्द्र प्रसादले निप्स बुद्धभूमि सिद्धार्थनगरको टीमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

    निप्स लुम्बिनी प्रदेश प्रमुख विश्व दीपक नेपालले के योगदान गर्न सक्छौं स्वविवेकको प्रयोग गर्न जरुरी रहेको बताए । उनले बीमा क्षेत्रलाई मर्यादित बनाउन आवश्यक रहेकोमा जोड दिए ।

    निप्स लुम्बिनी प्रदेश च्याप्पटर महासचिव ध्रुवप्रसाद कोइरालाले भैरहवा व्यापारका हिसाबले अगाडि रहेको बताए ।

    लुम्बिनी प्रेस क्लब, रुपन्देहीका उपाध्यक्ष कमल रायमाझीले संस्थालाई मिडिया क्षेत्रको तर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले भने, ‘यहाँहरुले गरेका कामहरु प्रचारप्रसार गर्न आवश्यक छ ।’

    नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाईटी (निप्स) बुद्धभूमि सिद्धार्थनगर, भैरहवाका महासचिव प्रकाश शर्मा गैरेले बीमासँगै राष्ट्रका लागि पनि केही गरौं भन्ने संकल्पका साथ अघि बढेको बताए । उनले नेपाल बीमा प्राधिकरणसँग सहकार्य गर्दै आएको बताए ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij