२०८२, माघ १९ गते

Feb 02 2026 | २०८२, माघ १९ गते

प्राइम बैंकका ग्राहकलाई बुटवलको नेशनल ल्याब, सैनामैना हेल्थ र ड्रिम इन्टरनेशनलमा छुट

बुधवार , बैशाख २६, २०८१

  • 973
    Shares
  • 973
    Shares
  • भैरहवा, २६ वैशाख ।
    प्राइम कमर्सियल बैंक लिमिटेडले रुपन्देही क्षेत्रका आफ्ना ग्राहकलाई लक्षित गर्दै विभिन्न स्वास्थ्य संस्था र होटलमा सेवा उपभोग गरे छुटको व्यवस्था गरेको छ । 
    बैंकको लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, पुष्पलाल पार्कस्थित नेशनल प्याथ ल्याब, सोही स्थानमा रहेको सैनामैना हेल्थ सेन्टर र बुटवल उपमहानगरपालिका–९, कालिकापथ मिलनचोकस्थित ड्रिम इन्टरनेशनल होटल प्रा.लि.सँग ती संस्थाको सेवा उपभोग गरे विभिन्न छुट प्रदान गर्ने सम्झौता  भएको बैंकका बुटवल शाखाका प्रबन्धक शिव बस्नेतले बताए । बैंकले आफना ग्राहकसँगै बैंकमा कार्यरत कर्मचारीहरुले सेवा उपभोग गरे छुट दिने सम्झौता भएको प्रबन्धक बस्नेतले जनाए । सम्झौता हस्ताक्षर गर्दै प्राइम कमर्सियल बैंक लिमिटेड लुम्विनी प्रदेश प्रमुख कुश सुदन सिंहले ग्राहक र कर्मचारीलाई थप सुविधा हुने बताए ।

    उक्त सम्झौता अनुसार नेशनल प्याथ ल्याबबाट हुने सम्पूर्ण ल्याब टेष्टमा १५ प्रतिशत छुट प्रदान गरिनेछ  भने सैनामैना हेल्थ सेन्टरमा ओ.पि.डी.मा २० प्रतिशत, इण्डोस्कोपीमा २० प्रतिशत, ल्याब टेष्टमा २० प्रतिशत, भिडियो एक्स–रेमा २० प्रतिशत, फार्मेसीमा १० प्रतिशत, ई.सि.जि.मा २० प्रतिशत र जनरल सर्जरीमा २० प्रतिशत छुट प्रदान गरिने उल्लेख छ । 

    त्यसै गरी ड्रिम इन्टरनेशनल होटल प्रा.लि.ले खानामा १० प्रतिशत, बेभरेजमा ५ प्रतिशत, कोठामा १५ प्रतिशत र सेवा दिएवापत स्विमिङ्गमा निःशुल्क हुने गरी बैंकले सम्झौता गरेको छ ।

    सम्झौतामा प्राइम कमर्सियल बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख कुश सुदन सिंह तथा नेशनल प्याथ ल्याबका तर्फबाट निर्देशक राजकुमार चौधरी,  सैनामैना हेल्थ सेन्टरका सञ्चालक लक्ष्मी न्यौपाने र  ड्रिम इन्टरनेशनल होटल प्रा.लि.का अपरेशन म्यानेजर शरण घलेले हस्ताक्षर गरेका छन् ।

    हाल बैंकले आफ्ना ग्राहकहरुलाई देशभर २ सय भन्दा बढी शाखा सञ्चालमार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।