२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

हराएका मोबाइल फेला पारी रुपन्देही प्रहरीले सम्बन्धित धनीलाई बुझायो

बुधवार , बैशाख २६, २०८१

भैरहवा, २६ वैशाख । 
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न स्थानबाट हराएका सर्वसाधारणको २३ वटा मोबाइल फेला पारी सम्बन्धित धनीहरुलाई बुझाएको छ ।  मोबाइलहरुको खोजतलास एवं अनुसन्धान गर्दै जाने क्रममा २३ वटा  हराएका मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनीहरुलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।

डीएसपी भट्टका अनुसार विभिन्न मिति र समयमा मोबाइल फोन हराएको तथा चोरी भएको भनी यस जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित निवेदन पेश भएको थियो ।

फेला पारी सम्बन्धित धनीलाई बुझाइएको मोबाइलमा आईफोन ३ वटा, रेडमी ४, रियलमी ४, सामसुङ ४, भिभो ३, पोको २, ओप्पो १, वन प्लस १ र इनफिनिक्स १ वटा रहेका छन् ।

1 (2).JPG