images
images

सोमवार, जेठ ७ गते २०८१

खर्च र हिसावको पारदर्शीता भए देशमाथिको विश्वश्नीयता बढ्दै जाने छ : राष्ट्रपति पौडेल

खर्च र हिसावको पारदर्शीता भए देशमाथिको विश्वश्नीयता बढ्दै जाने छ : राष्ट्रपति पौडेल

images
images
images
बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • खर्च र हिसावको पारदर्शीता भए देशमाथिको विश्वश्नीयता बढ्दै जाने छ : राष्ट्रपति पौडेल

    काठमाडौं, २७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले खर्च र हिसावको पारदर्शीता भए देशमाथिको विश्वश्नीयता बढ्दै जाने बताएका छन् । 

    images
    images
    images

    बिहीबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कुनै देशले सहयोग गर्दा देशको खर्च र हिसावको पारदर्शीता हेर्ने भएकाले यसमा पारदर्शीता भए देशमाथिको विश्वश्नीयता बढ्दै जाने बताए। 

    उनले ठूला आयोजनामा हुनसक्ने फर्जि बिल र अनियमितता लेखापरिक्षणबाटै हुने भएकाले यस क्षेत्रको धेरै महत्व रहेको धारणा राखे । पारदर्शीता र सुशासन एक अर्काका पुरक भएको  भन्दै उनले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार रहेको धारणा समेत व्यक्त गरे । मुलुकभर सक्रिय लेखापरीक्षककै कारण भएका स्पष्ट हिसाबलाई आर्थिक सुरक्षाको एउटा पाटोको रुपमा लिन सकेको उनले बताए । उनले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार भएको धारणा राखे ।

    त्यस्तै कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले नयाँ पुस्ताका लेखा परिक्षकहरुले राष्ट्रको आर्थिक बिकासमा लेखाको महत्वकाबारे देखाएको चासो महत्वपूर्ण रहेको बताइन । उनले आर्थिक ज्ञानको बारेमा जानकारी गराउन सके मुलुकको आय व्ययको अवस्था जनताले थाहा पाउन सक्ने धारणा राखिन । मन्त्री साहले नेपालका लेखा परिक्षकहरुलाई पलायन हुनुपर्ने अवस्थाबाट रोक्न आवश्यक भूमिका खेल्ने उल्लेख गरिन । 

    त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसारका लगानीकर्तालाई आमन्त्रण गर्न गरिएको लगानी सम्मेलनले आशा पलाएको बताए । मुलुकमा आर्थिक सुशासन कायम गर्न चार्टर्ड एकाउण्टेण्ट्स संघको भूमिका अपरिहार्य रहेको उनले बताए । आर्थिक सङ्कटको समाधानका विषयमा बहस गर्न संघले राष्ट्रिय सम्मेलनको आयोजना गरेको हो । 

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij