images
images

सोमवार, जेठ ७ गते २०८१

रुपन्देही इभेन्टस् व्यवसायी संघद्वारा क्यालेण्डर विमोचन

रुपन्देही इभेन्टस् व्यवसायी संघद्वारा क्यालेण्डर विमोचन

images
images
images
बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • रुपन्देही इभेन्टस् व्यवसायी संघद्वारा क्यालेण्डर विमोचन

    भैरहवा, २७ वैशाख ।
    रुपन्देही इभेन्टस् व्यवसायी संघ सिद्धार्थनगर नगरपालिका–५, रुपन्देहीले नव वर्ष २०८१ सालको भित्तेपात्रो (क्यालेण्डर) विमोचन गरेको छ । संघले बिहीबार आयोजना गरेको क्यालेण्डर विमोचन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौर र सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले क्यालेण्डर विमोचन गरेका हुन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एसपी राठौरले विगतका वर्षमा टेण्ट हाउस खोज्न भारतीय बजारमा समेत जानुपर्ने परिस्थिति रहेको तर, पछिल्लो समय नेपालमै राम्रो व्यवस्थापनसहितका टेण्ट हाउसहरु रहेको बताए । उनले भारतबाट पनि व्यक्तित्वहरु नेपालमा आएर विभिन्न कार्यक्रम गरेको र यसले आयआर्जनमा समेत टेवा पुगेको बताए । उनले भने, ‘सुरक्षा व्यवस्थापनका लागि तयार छौं । रुपन्देही प्रहरी तपाईहरुसँगै छौं । ’

    त्यस्तै विशिष्ट अतिथि वडाअध्यक्ष श्रेष्ठले संगठित भएर अघि बढेपछि उत्कृष्ट सेवा उपलब्ध गराउन मद्दत मिल्ने विश्वास व्यक्त गरे । उनले क्यालेण्डर विमोचन कार्यक्रम राम्रो कार्यक्रम भएको र यसले संस्थाको गतिविधि जानकारी गराउन र प्रचारप्रसारको राम्रो माध्यम भएको बताए । उनले भने, ‘वडा नम्बर ५ सिद्धार्थनगर नगरपालिकाको मुटु हो । रुपन्देही इभेन्टस् व्यवसायी संघको कार्यालय पनि वडा नम्बर ५ मा छ । वडा कार्यालयबाट संस्थासँग आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न तयार छौं ।’

    रुपन्देही इभेन्टस् व्यवसायी संघ सिद्धार्थनगरका कार्यसमिति सदस्य तथा क्यालेण्डर विमोचन कार्यक्रम संयोजक दुर्गेश गुप्ताले संघले सामाजिक कार्य पनि गर्दै जाने बताए ।

    रुपन्देही इभेन्टस् व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष रवि कुमार जैसवालको अध्यक्षता, कार्यक्रम संयोजक दुर्गेश गुप्ताको स्वागत तथा सचिव किरण कुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार चन्द्रमोहन पटवा, रईस खानलगायतको आतिथ्यता रहेको थियो ।

    IMG_8542.JPG

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij