२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोहिणीका आगलागी पीडितलाई लायन्सद्वारा राहत वितरण

मंगलवार , जेठ १, २०८१

भैरहवा, १ जेठ ।
लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ र लायन्स क्लब अफ सिद्धार्थनगर लेडी ग्लीमले संयुक्त रुपमा रोहिणी गाउँपालिका वडा नम्बर ६ स्थित बोधवारमा आगलागी पीडित परिवारलाई राहत वितरण गरेका छन् । वडा नम्बर ६ का ११ परिवारलाई सिलिण्डर, ग्लास चुलो, फोल्डिङ बेड, भाडाकुडा, झुल र कपडा वितरण गरिएको  लायन्स सिद्धार्थनगर लेडी युथकी पूर्वअध्यक्ष तनु शर्मा कसौधनले बताइन् ।

आगलागीको घटनापश्चात लायन्सले क्लबले आगलागी प्रभावित क्षेत्रमा पुगेर वडाअध्यक्ष इन्द्रमान चौधरीसँगै स्थलगत निरीक्षण गरेको कसौधनले बताइन् । ‘डिजास्टर रिलिफि प्रोग्राम’ अन्तर्गत २ लाख बढी मूल्य बराबरको सामाग्री वितरण गरिएको छ, पीडितहरुलाई केही पनि सहयोग हुन्छ भन्नेमा विश्वस्त छौं, ’उनले भनिन् ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल, लायन्स क्लब अफ सिद्धार्थनगर लोटस र लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभको सहयोग रहेको उनले बताइन् । 

कार्यक्रममा बोल्दैलायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, का गभर्नर अर्जुनमान सैजले लायन्स क्लबले यस्ता कार्यलाई निरन्तरता दिदै आएको बताए ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका संस्थापक गभर्नर नवराज न्यौपानेले आगलागी घाउमा मल्हम लागोस् भन्ने उद्देश्यले लायन्स क्लब यहाँ आएको बताए ।

कार्यक्रममा बोल्दै रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीले आगलागी प्रभावितको घाउमा मल्हम लगाउने काम गरेको भन्दै लायन्स क्लबप्रति आभार व्यक्त गरिन् । '

438165297_1060170885650826_8918512709202716503_n.jpg
438169671_1060170142317567_7430291755117365229_n.jpg