२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पूर्वसांसद् क्षेत्रीद्वारा अर्घाखाँचीका आगलागी पीडितलाई राहत हस्तान्तरण

मंगलवार , जेठ १, २०८१

अर्घाखाँची, १ जेठ । 
लुम्बिनी प्रदेशकी पूर्वसासंद् निर्मला क्षेत्रीको पहलमा अर्घाखाँचीका आगलागी पीडितहरुलाई राहत वितरण गरिएको छ । जिल्लामा गत चैत २४ देखि वैशाख २६ गतेसम्म भएको वन डढेलोका कारण वस्तीमा पुगेको आगोले त्यहाँका स्थानीयबासी घरबारबिहीन बन्न पुगेका थिए । 

पूर्वसांसद क्षेत्रीको पहलमा जिल्लमा पहिलोपटक आगलागीबाट पीडित बनेका २६ घरपरिवारहरुलाई खाद्यान्न, लत्ताकपडा लगायतका सामानहरु वितरण गरिएको छ । पीडित परिवारहरुलाई थोरै भए पनि राहतको अनुभुति मिलोस् भन्ने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधिहरुको समन्वयमा उक्त राहत सामग्री हस्तान्तरण गरिएको पूर्वसांसद् क्षेत्रीले बताइन् ।

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर १, ३ ४ र ५ मा क्रमशः वितरण गरिएको बताइएको छ । मालारानी गाउँपालिका वडा नम्बर २, ५, शितगंगा नगरपालिका वडा नम्बर ५, पाणिनी गाउँपालिका ३ र ८, छत्रदेव गाउँपालिका वडा नम्बर ४ र ५, सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा आगलागि पीडितको घरमा पुगेर घरबारबिहीन परिवारको दिगो रुपमा पुनःस्थापनाका लागि राज्य जिम्मेवार हुनुपर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग आगामी दिनमा पनि गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

सांसद् क्षेत्रीले भनिन्, ‘प्राकृतिक विपत्तिको घडीमा मानव जीवनमा आएको गम्भीर समस्यामा सबै क्षेत्र र दलहरु एक भएर जनताको सेवामा खट्नुपर्नेमा जोड दिनुपर्छ ।’ नेपाल चेतना केन्द्र अर्घाखाँचीको आयोजना र टेवा नेपालको सहयोगमा उक्त राहत सामाग्री जनप्रतिनिधिहरुको रोहबरमा वितरण गरिएको हो ।