
मंगलवार , जेठ १, २०८१
भैरहवा, १ जेठ ।
पूर्व शिक्षामन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लले मर्चवार क्षेत्रका आगलागी पीडितलाई राहत वितरण गरेका छन् । सांसद् शुक्लले मर्चवारी गाउँपालिका–१ कचरिहवा र सम्मरीमाई गाउँपालिका–७ नौडिहवाका आगलागी पीडितलाई राहत वितरण गर्नुभएको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का केन्द्रीय सदस्य मोहम्मद इस्लाम खानले बताए । ‘केही हप्ता पहिले भएको आगलागीबाट मर्चवार क्षेत्रमा घर तथा धनमाल नष्ट भइ नागरिक मारमा परेका छन्, पीडितको घाउमा सांसद् शुक्लले मल्हम लगाउने प्रयास गर्नुभएको हो । ३५ घरपरिवारलाई खाद्यान्न सामग्री, लत्ताकपडालगायत सामग्री प्रदान गरिएको हो, ’उनले भने ।
मर्चवारी–१ मा मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंह, वडा नम्बर १ का वडाअध्यक्ष कृष्ण कुमार सिंह, लोसपा केन्द्रीय सदस्य मोहम्मद इस्लाम खान, प्रहरीलगायतको उपस्थितिमा राहत वितरण गरिएको थियो ।
त्यस्तै सम्मरीमाई–७ मा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेय, वडाअध्यक्ष राधेश्याम कुर्मी, लोसपा केन्द्रीय सदस्य सन्दिप त्रिपाठी, श्रवण कुमार राय, प्रहरीलगायतको उपस्थितिमा राहत वितरण गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij