
शनिवार , जेठ ५, २०८१
भैरहवा, ५ जेठ ।
चर्चित मुक्तककार रुद्र प्रसाद ज्ञवालीले मानिसलाई धेरै राम्रो कला सिकाउने स्थानका रुपमा एलएसडीटी अघि बढिरहेको कार्यक्रममा बताएका छन् । लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) को ११४ औ श्रृंखलाका प्रमुख अतिथि तथा भाषणमा मुक्तक विषयका प्रशिक्षक ज्ञवालीले भाषणमा मुक्तक, कविता, गीत, गजलको सान्दर्भिक प्रस्तुति हुन सके वक्ताको भाषणले श्रोतालाई आकर्षण गर्ने बताए । एलएसडीटीका सदस्यहरुलाई प्रशिक्षण दिदै उनले आफ्ना रचना पनि प्रस्तुत गरेका थिए ।
एलएसडीटीले आफ्ना सदस्यहरुको लिडरसीप क्षमता वृद्धिका निम्ति विभिन्न विषयमा प्रशिक्षण दिदै आएको छ । यसबाट सयौ व्यक्तिहरु लाभान्वित भएको तालिमका सहजकर्ता तथा उद्यमी अनुपम गुप्ताले बताए ।
११४ औं श्रृंखलाका अध्यक्ष एलएसडीटीका सदस्य तथा नेपाल कृषि उपज आलु–प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका अध्यक्ष मोहन बानियाले उपस्थित सम्पूर्णलाई मन्तव्यबाट धन्यवाद व्यक्त गरेका थिए । उनले भने, ‘एलएसडीटीको सञ्चालन निस्वार्थ रुपमा विजय पाण्डेले गर्नुभएको छ । यसलाई हामी सबैले सहयोग गर्नुपर्छ ।’ बानियाले देशको वर्तमान उद्योग व्यवसायको अवस्थाबारे पनि चर्चा गरेका थिए ।
कार्यक्रम संयोजक, एलएसडीटी सदस्य हिमालयन बैंकमा कार्यरत रश्मी लोहनीले स्वागत मन्तव्य राख्दै एलएसडीटी आत्मविश्वास जगाउने मञ्च भएको बताइन् । ११४ औं श्रृंखलाको सञ्चालन उद्यमी ओसियन सप्लायर्सका सञ्चालक दीपक पौडेलले गरेका थिए ।
एलएसडीटीको संस्थापक तथा प्रस्तोता विजय पाण्डे हुन् । यो तालिम रुपन्देहीको भैरहवास्थित एसियन बुद्ध होटलमा निःशुल्क रुपमा नियमित सञ्चालन हुँदै आएको छ । यसको सञ्चालनमा हुने खर्च सदस्यहरुको स्वेच्छिक योगदानबाट हुँदै आएको तालिम व्यवस्थापन समिति सदस्य हरिश सेठियाले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij