
सोमवार , जेठ ७, २०८१
भैरहवा, ७ जेठ ।
राष्ट्रिय अविष्कार केन्द्रका वैज्ञानिक डा. महाविर पुनले रुपन्देहीमा किताब विक्री गरेर १ करोड १७ लाख रुपैयाँ संकलन गरेका छन् । जिल्लामा १५ हजार ६ सय वटा किताब विक्री भएको उनले जनाएका छन् । किताब विक्रीको लागि २८ जिल्लाको यात्रा गरिसक्दा सबैभन्दा बढी किताब रुपन्देहीमा विक्री भएको डा. पुनले बताए ।
किताब विक्रीको लागि उनी चैतको अन्तिम साता कपिलवस्तुबाट लुम्बिनी हुँदै रूपन्देही आएका थिए । छापेको किताब सकिएपछि केही समय उनले विक्री अभियान रोकिएपछि छापिएर आएका थप किताब विक्री गरेपछि पुन आइतबार रुपन्देहीको यात्रा सकेर नवलपरासीतर्फ लागेको जनाएका छन् ।
किताब विक्रीबाट आएको रकमले वीरगंज कृषि औजार कारखाना थप व्यवस्थित रूपमा सञ्चालन गर्ने उनले बताउँदै आएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij