
बिहिवार , जेठ १०, २०८१
भैरहवा, १० जेठ ।
महालक्ष्मी विकास बैंक लिमिटेड महिलवार (लुम्बिनी) शाखाले २५६८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८१ को अवसरमा लुम्बिनीमा निःशुल्क पानी र मिठाई वितरण गरेको छ ।
कार्यक्रममा २ हजार ५ सय बढीलाई बिहीबार पानी तथा मिठाई वितरण गरिएको बैंकको महिलवार शाखा अन्तर्गत ऋण विभाग प्रमुख सचिन कार्कीले जानकारी दिए । ‘बुद्ध जन्मस्थल लुम्बिनीमा आएका भक्तजन तथा सर्वसाधारणलाई पानी तथा मिठाइ वितरण गरिएको हो, ’उनले भने ।
यो प्रचण्ड गर्मीमा महालक्ष्मी बैंकले सर्वसाधारणलाई चिसो पानी र मिठाइ खुलाएर आफनो सामाजिक उतरदायित्व पूरा गरेको लुम्बिनी आएका एक भारतीय पर्यटकले बताए ।
विगत १३–१४ वर्षदेखि नै बुद्धजयन्तीको अवसरमा श्रद्धालु तथा सर्वसाधारणलाई पानीको समस्या नहोस् भन्ने उद्देश्यले यो कार्यलाई निरन्तरता दिदै आएको बैंकको महिलवार शाखा प्रबन्धक दिपेश्वर अर्यालले बताए ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको लुम्बिनी प्रदेश प्रमुख गौतम गुप्ताले बताए । उनले भने, ‘चाहे बुद्धजयन्ती होस् वा महाशिवरात्री तथा सामूदायिक विद्यालयमा बैंकले सामाजिक कार्यहरु गर्दै आएका छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij