२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

नेपाल मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन, अध्यक्षमा गुप्ता

शुक्रवार , जेठ ११, २०८१

भैरहवा, ११ जेठ ।
नेपाल मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन गरिएको छ । शुक्रबार भैरहवामा भएको भेलाले बैजनाथ गुप्ता (बी.एन.)को अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । भैरहवा निवासी गुप्ता मोबाइल व्यवसायी संगठन रुपन्देहीका संस्थापक अध्यक्ष समेत हुन् ।

WhatsApp Image 2024-05-24 at 3.01.24 PM.jpeg

कार्यसमितिको प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद आचार्य (बुटवल), उपाध्यक्षमा सालिकराम क्षेत्री (बुटवल), महासचिवमा राजकुमार गुप्त (भैरहवा), सचिवमा भुवन पाण्डे (बुटवल), कोषाध्यक्षमा दान बहादुर जि.सी. (भैरहवा) र सह–कोषाध्यक्षमा दिनेश गुप्ता (भैरहवा) रहेका छन् ।

त्यस्तै सदस्यहरुमा हरि बहादुर पाण्डे (भैरहवा), दिपक पौडेल (भैरहवा), प्रविण गैरे (भैरहवा), सुमित कौशल (भैरहवा), धिरज अग्रहरी (भैरहवा), ऋषि न्यौपाने (बुटवल), पुरुषोत्तम खनाल (बुटवल), सन्तोष श्रेष्ठ (बुटवल), ईश्वर घिमिरे (बुटवल) र मुक्तिराम न्यौपाने (बुटवल) रहेका छन् । त्यस्तै संघको मानार्थ सदस्यमा सन्तोष नाउ (भैरहवा) रहेका छन् । 

नेपाल मोबाइल व्यवसायी महासंघका लुम्बिनी प्रदेशका उपाध्यक्ष डी.एन. भण्डारीको अध्यक्षता तथा महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघका महासचिव रमेश घिमिरे, केन्द्रीय सदस्य विष्णु ज्ञवालीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघको लुम्बिनी प्रदेश सचिव विकास गौतमले गरेका थिए ।