२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

काँग्रेसको बिरोधका बीच आ.व. २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम पारित

आइतवार , जेठ १३, २०८१

काठमाडाैं, १३ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको बिरोधका बीच प्रतिनिधि सभाबाट आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।

आईतवारको प्रतिनिधि सभा बैठकले बहुमतले आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो । सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रश्तुत गर्नुभएको आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।

सभामुख घिमिरेले प्रतिनिधि सभाको मंगलवार १ ४ बजेका लागि बोलाए । सभामुख घिमिरेले नेपालको संविधानको धारा ११९ बमोजिम जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने भएकाले सोही दिन १ बजे बस्नेगरी संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उपस्थित हुन आग्रह गरे।