२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

बालुवाटारमा सुरक्षा परिषद् बैठक, त्यसपछि मन्त्रिपरिषद् बैठक बस्दै

मंगलवार , फाल्गुण ११, २०७७

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • काठमाडौं, ११ फागुन । 
    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद बैठक अघि सुरक्षा परिषद्को बैठक बस्ने भएको छ । सुरक्षा परिषद् बैठक सुरू हुन लागेको बालुवाटार स्रोतले जनाएको छ ।

    सुरक्षा परिषद्को बैठक र मन्त्रिपरिषद् बैठक सँगै बोलाइएकोले पछिल्लो राजनीतिक घटनाक्रम र आसन्न निर्वाचनको सुरक्षासम्ममा केही छलफल हुने बताइएको छ ।

    हज वातावरण बनेमा वार्ताको लागि सकारात्मक रहेको विप्लवको धारणा आइसकेको अवस्थामा आज सुरक्षा परिषद् र मन्त्रिपरिषद् बैठकबाट विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा हुन सक्ने सम्भावना रहेको स्रोतले बताएको छ ।
    परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उहाँहरू शान्तिपूर्ण ढंगले आउन चाहँदा सरकारले सकारात्मक रूपमा लिएको र यसका लागि सहज वातावरण बनाउन सरकार तयार रहेको बताएका थिए ।