२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एसियन बुद्ध होटलका सञ्चालक घिमिरे सिद्धार्थ होटल संघको सदस्यमा निर्वाचित

बिहिवार , जेठ १७, २०८१

भैरहवा, १७ जेठ ।
रुपन्देहीको भैरहवास्थित एसियन बुद्ध होटल प्रा.लि.का सञ्चालक तिलकराम घिमिरे सिद्धार्थ होटल संघ (सान) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । संघको १६ औं साधारण सभा, ७ औं अधिवेशन तथा १८ औं स्थापना दिवसको अवसरमा भएको निर्वाचनमा घिमिरे सर्वसम्मत सदस्यमा निर्वाचित भएका हुन् । 

निर्वाचित भएपछि घिमिरेले आफूलाई सर्वसम्मत निर्वाचित गरेकोमा सबैप्रति आभार व्यक्त गर्दै संस्थाको विधान अनुुसार अघि बढ्ने बताए । उनले भने, ‘होटल व्यवसायीका समस्या समाधानतर्फ लाग्नेछौं । पर्यटन क्षेत्रको विकासमा अघि बढ्नुपर्छ ।’

445220714_7807916275935207_2351023234435802911_n.jpg

सिद्धार्थनगर नगरपालिका–८ बसडिलवास्थित चारतारे एसियन बुद्ध होटलले सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।

बुधबार भैरहवामा सम्पन्न संघको ७ औं अधिवेशनले चन्द्रप्रकाश श्रेष्ठ (सि.पी.) को नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता कुलमणि ज्ञवालीले बताए ।