२०८२, माघ २६ गते

Feb 09 2026 | २०८२, माघ २६ गते

दाल गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर नलगाउन उद्योगीको आग्रह

शुक्रवार , जेठ १८, २०८१

  • 988
    Shares
  • 988
    Shares
  • भैरहवा, १८ जेठ । सरकारले आर्थिक वर्ष २०८१/०८२ को लागि सार्वजनिक गरेको बजेटमार्फत दालको कच्चापदार्थ दाल गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर लगाएको छ । सरकारले आम नागरिकको भान्सासँग प्रत्यक्ष जोडिएको दालमा १० प्रतिशत अग्रिम आयकर लागू गरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको नेपाल चामल तेल दाल उद्योग संघले जनाएको छ । 
    संघले एक विज्ञप्ती जारी गर्दै कच्चापदार्थ आयातमा १० प्रतिशत अग्रिम आयकर थपिदा आयातित तयारी दाल गेडागुडी र खुल्ला सीमा नाकाबाट आयात हुने दाल गेडागुडीसँग प्रतिष्पर्धा गर्न नसकिने अवस्थामा पुगेको जनाएको छ । संघका अध्यक्ष कुमुद दुगडले सरकारको नीतिका कारण नेपालमा रहेका अधिकांश दाल मिल उद्योग बन्द हुने अवस्थामा पुगेको बताए । 

    संकटमा परेका उद्योगहरुलाई संरक्षणको नीति लिनुको सट्टा बन्द गर्ने खालको नीति लिएकाले यसलाई सच्याउनका लागि उद्योगीहरूले सरकारसँग माग गरेका छन्  । 

    नेपालमा करिब ३५ वटा दाल उद्योग सञ्चालनमा छन् । अध्यक्ष दुगडद्वारा जारी विज्ञप्तीमा सरकारको कर नीतिका कारण ३५ अर्ब बढी लगानी र ५ हजार बढीलाई रोजगारी दिएका उद्योग कर नीति नसच्चिए बन्द हुने स्थितिमा पुगेको बताइएको छ । 

    खुल्ला सीमा नाकाको कारण अहिले पनि बजारमा प्रतिष्पर्धा गर्न असहज भएका बेला सरकारले १० प्रतिशत आयकर लगाउने नीति कार्यन्वयनमा आए सरकारको राजस्व गुम्नुका साथै रोजगारीको अवस्था गुम्ने खतरा रहेको उद्योगीहरु बताउँछन् ।