
शुक्रवार , जेठ १८, २०८१
काठमाडौं, १८ जेठ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो । योसँगै अब पेट्रोल प्रतिलिटर पहिलो १६५, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा (काठमाडौं) १६८ रुपैयाँ प्रतिलिटर हुनेछ ।
त्यसै गरी डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५०, दोस्रो वर्गमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने घटाएको छैन । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij