२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देहीका पालिकामध्ये सबैभन्दा कम बेरुजु कञ्चनमा

शनिवार , जेठ १९, २०८१

रुपन्देही, १९ जेठ ।
रुपन्देहीको कञ्चन गाउँपालिमा सबै भन्दा कम बेरुजु आएको छ । महालेखा परीक्षक कार्यालयले जेठ १३ गते आर्थिक वर्ष २०७९/०८० को वार्षिक लेखा प्रतिवेदन सार्वजनिक गर्दै रुपन्देहीमा कञ्चन गाउँपालिका पहिलो बेरुजु कम गर्ने पालिका बनेको हो ।

रुपन्देही जिल्लाका १६ वटा स्थानीय तहमध्ये आ.व. २०७९÷०८० मा कुल लेखा रकम परीक्षणको १.२२ प्रतिशत मात्र बेरुजु कायम गरी कञ्चन सबैभन्दा कम बेरुजु ल्याउन सफल भएको हो ।
कुल बजेटमध्ये चालूतर्फ ८१.२२ प्रतिशत, पूँजीगततर्फ ७९.७६ प्रतिशत र कुल खर्च ८०.६८ प्रतिशत भएको छ । त्यस्तै कञ्चन गाउँपालिकाले विगत आ.व. २०७४/०७५ देखि आ.व. २०७८/०७९ सम्मको बेरुजु रकममध्ये करिब रु.५ करोड रकम समपरीक्षक गर्न सफल भएको कञ्चन गाउँपालिकाका लेखा अधिकृत सन्तोष गैरेले जानकारी दिए ।
महालेखा परीक्षक कार्यालयको ६१ ऋौं वार्षिक प्रतिवेदन २०८१ अनुसार पालिकाले सन्तोषजनक कार्य सम्पादन गरेको कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले बताए ।

कानूनको परिधिमा रहि कार्यसम्पादन गर्दा रुपन्देहीमा पहिलो बेरुजु कम गर्ने पालिका बनेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले योजनाका काम साउनदेखि नै सुरु गरिएको उल्लेख गरे ।

विगतका वर्षमा कानून नै नबन्दा काम गर्न असहज भएकाले बेरुजु बढेको र आफूहरुले पदभार सम्हालेसँगै कानून निर्माण गरी कानूनलाई टेकेर काम गर्दा शतप्रतिशत काम उत्कृष्ट बन्न गएको गौतमको दावी छ ।