२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मदिरा व्यवसायी संघ भैरहवाको टोली अध्ययन अवलोकन भ्रमणमा

शनिवार , जेठ १९, २०८१

भैरहवा, १९ जेठ ।
मदिरा व्यवसायी संघ भैरहवाको टोली अध्ययन अवलोकन भ्रमणका लागि प्यूठानतर्फ प्रस्थान गरेको छ । टोली शनिबार बिहान प्यूठानको चर्चित धार्मिक पर्यटकीयस्थल स्वर्गद्वारीतर्फ प्रस्थान गरेको संघका अध्यक्ष बाबुराम पाण्डेले बताए । ‘संघले व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको छ, त्योसँगै विशेष गरी पर्यटन प्रवद्र्धनका लागि अध्ययन अवलोकन भ्रमण गर्दै आएका छौं, ’पाण्डेले भने । 

टोलीमा मदिरा व्यवसायी संघ भैरहवाका पदाधिकारी, सदस्य, सल्लाहकारलगायत गरी ३० जना रहेको भ्रमण संयोजक तथा संघका सह–कोषाध्यक्ष विनोद आचार्यले बताए । भ्रमण टोली आइतबार भैरहवा फर्कनेछ । 

प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ मा अवस्थित स्वर्गद्वारीमा नेपालसँगै भारतबाट पनि धेरै तीर्थयात्री तथा पर्यटक आउने गरेका छन् ।

गत वर्ष संघको टोली अध्ययन अवलोकन भ्रमणका लागि गुल्मीको रेसुंगासहित विभिन्न पर्यटकीय तथा धार्मिक स्थलहरुमा पुगेको महासचिव यादव पोखरेलले बताए ।